धरान / नेपालका कुनै पनि प्रहरी कार्यालयहरुमा अपराध अनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा भने कसुर अनुसारको भिन्न भिन्नै स्थानमा थुनुवाहरुलाई राख्ने व्यवस्थासहितका नमुना हिरासत भवन निर्माण भइरहेको छ । भवन निर्माण अन्तिम चरणमा पुगेको निर्माण समितिले जनाएको छ ।
उक्त भवन स्थानीय जनताको लगानीमा बन्दैं गरेको हो । धरान थातथलो भएर विभिन्न देशमा रहेका धरानेहरुले भवन बनाउन सहयोग गरेका छन् ।
शनिवार निर्माण हुदैं गरेको नमुना हिरासत भवन परिसरमा एक कार्यक्रमको आयोजना गरि धरान समाज युकेका अध्यक्ष सूर्यमान गुरुङले हिरासत भवन निर्माण समिति संयोजक मीनकुमार सुब्बालाई हस्तान्तरण गरे ।
युकेमा बस्ने २२ जना धरानेहरुले समाजको संयोजनमा रकम संकलन गरि निर्माण समितिलाई बुझाइएको हो । रकम हस्तान्तरण गदैं समाजका अध्यक्ष गुरुङले हामी युकेमा छौ तर धरानलाई कसरी बनाउन सकिन्छ भन्ने सोचमै रहने गरेको बताए । निर्माण समितिका संयोजक मीनकुमार सुब्बाले जनसहभागीतामा मुलुकै नमुना हिरासत भवन बनाउन लागिएको बताए । यही बर्ष निर्माण सम्पन्न गरि इप्रकालाई हस्तान्तरण गर्ने तयारी रहेको उनले कार्यक्रममा जानकारी दिए ।
साढे दुई करोड लागतमा शुरु गरिएको भवन निर्माणका लागि हालसम्म एक करोड ४३ लाख नगद र ४ लाख बराबरको जिन्सी सहयोग जुटेको निर्माण समिति कोषाध्यक्ष सुनिता केशीले कार्यक्रममा जानकारी गराएकि थिइन । हालसम्म १ करोड ९ लाख खर्च भइरहेको बताइएको छ । दुई तलासम्म भवन बनिसकेको र अव घेरावारा, विजुली, रंगरोगन, कोठा डेकुरेशनका लागि बाँकी रहेको छ । सोही अवसरमा धरान हङकङ मञ्ज हङकङको तर्फबाट पनि एक लाख नगद हस्तान्तरण गरिएको थियो ।
२०७३ सालमा तत्कालिन डिएसपी रामेश्वर पौडेलले इलाका प्रहरी कार्यालय धरानमा ४० जना बन्दी क्षमता भएको हिरासतमा १ सय जना भन्दा बढि बन्दी राख्नु परे पछि र विभिन्न प्रकृतिका दोषीलाई एकै स्थानमा राख्न बाध्य भएको हेनृ नसकि उनले नमुना हिरासतको अवधारणा ल्याएका थिए । उनको परिकल्पना अनुसार समुदायको सहयोगमा हिरासत भवन निर्माण शुरु गरिएको थियो ।

hk

धरानको सिकोमा काठमाडौंमा पनि बन्दैं
धरानमा सुविधा सम्पन्न हिरासत बन्न थाले पछि महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँल हत्या, चोरी, विशिष्ट व्यक्ति तथा अन्य कसुरमा फरक–फरक कक्षहरु हुने गरि परिसरमा ३ सय र महाशाखाका १ सय ५० जना राख्न मिल्ने गरी भवन निर्माणको तयारी थालेको छ ।
अपराध महाशाखाको भवन ३० करोडमा बन्दैछ । महानगरीय प्रहरी परिसरको भवन भने ६५ करोडको लागतमा निर्माण हुन लागेको नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दोषी नठहरिएका तर विभिन्न आरोपमा पक्राउ परेकाहरुलाई छुट्टाछुट्ै स्थानमा राख्ने प्रावधान रहेको छ । तर नेपालमा त्यस्तो व्यवस्थापन गर्न सरकारले सकेको छैन् ।

rakam2