देउराली । तिहार नजिकिदै गर्दा धरानका बजार क्षेत्रहरुमा तिहारका लागी आवस्यक बस्तुहरुको खरीद विक्री बढ्दै गएको छ ।
धरानको मुख्य बजार क्षेत्रमा मात्र नभएर फुटपाथहरुमा पनि यतिबेला तिहारकालागी अवस्यक पर्ने पुजाका सामाग्रीहरु, सप्तरङ्गी रङ, घर आगनमा सजाउन प्रयोग हुने विभिन्न प्रकारका वत्तीहरुका साथै, कृतीम फुलहरुले सजिसझाउ गरीएको छ ।

10 1

भानुचौक आसपास, देसिलाइन, महेन्द्र पथ, पुराने बजार, नयाँ बजार क्षेत्रकका पसलहरुमा मात्र नभएर फुटपाथमा पनि यतिबेला तिहारको मैसमी व्यापारकालागी व्यापारीहरु उत्साहीत भएको देखीन्छ ।
यस क्षेत्रका बजारमा मात्र नभएर फुटपाथमापनि तिहारका लागी आवस्यक सामाग्रीहरुले ठाकेको छ । फलफुल, फुल, भाईमसला, लक्ष्मी, गणेश जस्ता देवी देवताका मुर्ति, तस्बिर, विभिन्न प्रकारका लाइटहरु, क्यान्डल, मात्र भनएर भाटिकामा दाजु– भाईलाई चेलिबेटीले उपहार स्वरुप दिने गरेका ढाका टोपी, गलबन्दी लगायतका सामाग्रहरुसहित मिठाई तथा विभिन्न प्रकारका परिकारहरुले धरानका अधिकांश बजार क्षेत्र ढाकेको छ ।

8 1

तिहार नजिकीदै जाँदाँ घर–आगन सजाउने देखी लिएर लक्ष्मी पुजा तथा भाई टिकाकालागी आवस्य पुजा सामाग्रीहरुको खरीद गर्नेहरुको पनी भिड बढ्दै गएको छ । यसरी बजारमा तिहार लक्षीत खरीद कर्ताहरुको भिड बढ्दै जादा अरुवेला अन्य बस्तुको व्यापार गरीरहेका व्यापारीहरुपनि तिहारको मैसमी व्यापारमा उत्साहीत भएको देखीन्छ ।

विषेस गरी तरकारीको खुद्रा व्यापार गरीरहेका भानु सब्जि बजार, नायँ बजार लायतका बजार क्षेत्रहरुमा यतिबेला तरकारी तथा फलफुलको व्यापार छोडेर व्यापारीहरु तिहारकालागी आवस्यक समाग्रहरुको व्यापार गरी रहेका छन् ।  तिहारको समयमा तरकारी भन्दा पनि तिहारकालागी आवस्यक बस्तुहरु खेज्ने धरै हुने भएकाले तिहार भरी तरकारी बेच्न छोडेर आफुहरु तिहारकालागी आवस्यक सामाग्री बेच्ने गरेको नयाँ बजारमा तरकारी व्यापार गर्दै आएका एक व्यापारीले बताए ।

12 3

उनले भने तिहारको समय भएकोले तिहारको लागी आवस्क सामाग्री राखेको छु, अघिल्लो वर्ष पनि राखेको थिए । यतिबेला तरकारी भन्दापनि तिहारकालागी आवस्यक सामानहरुको खरीद गर्नेहरु नै बढि आउने गरेको छन् ।

तरकारी बजार भित्रै फलफुल तथा तरकारीको व्यापार गर्दै आएका विनोद चौधरी भन्छन् ‘ बजार हो, सबै खाले व्यापार गर्नु पर्छ, पोहोरको सालपनि तिहारको सामानहरु राखेको थिए यसपालि पनि राखेको छु । यतिबेला त तरकारी सोध्ने भन्दा पनि यस्तै खोज्नेहरु आउछन् । ‘

6 1

यसरी तिहारको समयमा तरकारी बजार भित्र तिहारको मैसमीे व्यापार गर्ने उनिहरुको दैनीक १५ देखी ३० हजारको व्यापार हुने गरेको त्यहाँका व्यापारीहरु बताउछन् ।

बजारमा तिहारका सामाग्रीहरुको खोजी बढेसंगै तरकारी बजार भित्र तिहारको मैसमी व्यापार गर्ने लहर चलिरहेको भएपनि तरकारीको व्यापारमा खासै फरक नपरेकोे नयाँ बजार भित्रै तरकारीको व्यापार गरीरहेका कुमार कार्की बताउछन् । तिहार लक्षीत गरीने मैसमी व्यापारमा दैनीक २५ सय देखी ५ हजार सम्म कमाई हुने भानु चौकमा दियो बाल्न प्रयोग हुने माटाका पालाको व्यापार गर्दे आएकी लालमाया तामाङका बताउछीन् ।

14

व्यापार सन्तोस जनक नहुने
अघिल्लो वर्ष भन्दा अघाडी रहेको तिहारमा यतिवेला धरानका अधिकांश घरहरु साझपख विद्युतीय वत्तीहरुले सझिन थालेका छन् । लक्ष्मी पुजा, र भाइटीकाकालगी खरीद गर्ने उपभोक्ताहरुको फुटपाथमा पसल थापेका साना व्यापारीहरुमा मात्र हैन यतिबेला बजार क्षेत्रका ठूला पसलहरुमा पनि घुइचो लाग्ने गरेको छ ।

सयपत्री फुलका मालाहरुले घर सझाउने मान्यता भएपनि नेपालमा फुल खेती आवस्कता पुर्ती गर्ने गरी नहुनाले फुल आवस्कता भन्दा महगो हुने भएकाले कृतीम फुल र लाइटहरुको प्रयोग बढ्दो छ ।
तथापि अघिल्लो वर्षको भन्दा यस वर्ष सन्तोस जनक व्यापार नहुने तिहारकालागी विभिन्न ठाउँबाट विद्युतिय लाइट तथा विद्युतिय जन्य सामाग्री ल्याई धरानमा होलसेल व्यापार गर्ने व्यापारीहरुको भनाइ रहेको छ ।

5 1

उपभोक्तमा विभिन्न कारणले क्रय शक्ती घट्दै गएकाले र व्यापारीहरु बढेसंगै अस्वस्थकर प्रतिस्पर्धाका कारण यस वर्ष अघिल्ला वर्षहरुको तुलनामा सोचे अनुरुप व्यापार नहुने पुरानो बजारमा होलसेल तथा रिटेल ब्यापार गर्ने श्रीकृष्ण उदास बताउछन् ।

उनि भन्छन् ‘ बजारमा भिड त देखीएको छ तर डिमान्ड छैन । पहिलाको जस्तो व्यापार छैन । मान्छेसंग पैसापनि छैन, इच्छापनि छैन । ‘  अघिल्ला वर्षहरुमा १५ देखी २० लाखको व्यापार हुने गरेको भएपनि यस वर्ष ३ देखी ४ लाखको व्यापार गर्न सकीने उदासको भनाइ छ ।

6 1