धरान । धरान–१३ स्थित लक्ष्मी वाचनालयले लक्ष्मीप्रसाद देवकोटाको एक सय ११ औं जयन्तीको अवसरमा प्रतिभा सम्मान कार्यक्रम गर्ने भएको छ ।
आइतबारका दिन वाचनालयमा कार्यक्रम गर्दै झापा, उदयपुर र धरानका प्रतिभालाई सम्मानित गरिन लागिएको अध्यक्ष पुष्प ढकालले जानकारी दिए । उनका अनुसार कथाकार राममणि पोखरेल, कोमलप्रसाद पोखरेल र विमल स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङलाई सम्मानित गरिन लागिएको हो । त्यसक्रममा कविता वाचन कार्यक्रम पनि राखिएको छ । एउटा पुस्तक पनि लोकार्पण गरिने कार्यक्रम छ । देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चासमेत गरिने भएको छ ।