भद्रपुर । तस्करीमा संलग्न भारतीय कारसहित ८ लाख ६५ हजार ५ सय ५० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल गुल्म नम्बर ८ बाट खटिएको प्रहरी टोलीले शुक्रबार मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट सामानसहित कार बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।
भारतबाट भन्सार छलेर भारतीय नम्बर उल्लेख भएको डब्लू बी ७७ ६८३३ नम्बरको कारभित्र राखिएको कपडा बरामद गरिएको सशस्त्रका डिएसपी ओजेस ओलीले बताए । चेकजाँचको क्रममा फेला परेको ६५ हजार ५ सय ५० रुपैयाँ मूल्य बराबरको अवैध कपडा र ८ लाख रुपैयाँ कारको मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको उनले जानकारी दिए ।