इनरुवा/ तिहारलाई लक्षित गर्दै माटोका भाडा बनाउने सुनसरीका कुम्भकारहरुलाई यतिबेला भाढो बनाउन भ्याइ–नभ्याइ छ ।

सुनसरी सदरमुकाम इनरुवा २ का कुम्भकारहरु कोही माटो मुछन त कोही माटोको भाडा बनाउने काममा व्यस्त हुने गरेका छन् । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका कुम्भकारहरुले भाडा बनाउन व्यस्त रहेको स्थानीय श्रीप्रसाद पण्डितले बताए ।

माटोको घैला, दियो सहितका विभिन्न किसिमका भाडाकुडा बनाउँने काममा व्यस्त बनेको पाइएको छ । एक महिना अगाडि सम्म विभिन्न सस्याका कारण माटो ल्याउँन नसक्दा भाडो बनाउँनमा ढिलो हुने भएका कारण आफुहरु अहिले देखि नै भाडा बनाउने काममा लागेको स्थानीय देवनारायण पण्डितको भनाइ छ ।

दिपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलशा, लगायतका सामग्रीको अत्याधिक मांग हुने भएकाले आफुहरु समान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितको भनाइ छ । पण्डित अर्थात कुम्भकार समुदायका अधिकांश व्यक्तिहरुको रोजीरोटी माटो संग सम्बन्धित भाडाकुडाहरु बनाउने रहेकाले सो कार्यक्रमा व्यस्त बनेको छ । प्रजापति समुदायका व्यक्तिहरुले हात तथा मेसिनबाट बनाउने भाडोहरु बनाई गाउँघर देखी सहरसम्म बेच्न लाने गरेको छ ।