भद्रपुर /  सशस्त्र प्रहरीले ७० किलो गोरुको मासु बरामद गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा भद्रपुर ३ स्थित किचकबध नाकाबाट मासु बोर्डर आउट पोष्ट पृथ्विनगरले बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।
भद्रपुरमा वुधबार साप्ताहिक बजार भएकोले होटलको लागि सो मासु ल्याएको प्रहरीको आसङ्का छ । सो नाकाबाट पटक पटक गोरुको मासु भित्रिने गरेको छ । बरामद गरिएको मासुलाई नेपाल प्रहरी, स्थानीयवासी,पशु क्वारेनटाईनको रोहवरमा नष्ट गरिएको डिएसपी ओजेस ओलीले जानकारी दिए ।
किचकबध नाकाबाट धरान पनि आउछ गोरुको मासु किचकबध नाकाबाट धरानको बजारमाा समेत गोरुको मासु आउने गरेको पाइएको छ । प्रत्येक शुक्रबार धरानमा गोरुको मासु विक्रि वितरण हुने गरेको एक मासु व्यवसायीले बताएका छन् । नेपालमा गोरु काट्न नपाइने भए पछि भारतबाट पूर्व शहरहरुमा मासु आयत हुदैं आएको छ ।