उदयपुर / उदयपुरको त्रियुगा नगरपालिकाबाट लागु औषध र जुवाका कौडासहित दुई जना पक्रउ परेका छन् । त्रियुगा नगरपालिका–११ बाट स्थानीय उद्धव तामाङ र सोभित चौधरी पक्राउ परेका हुन् ।
आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले त्रिनपा– ११ निबासी २८ वर्षीय तामाङ र १८ वर्षीय चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको कोठा खानतलासी गर्दा कोठाबाट डाईजोल्याव १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारागन १६ एम्पुल, खाली सिरिन्ज ३ थान, कौडा १६ थान, डाईसको गोटी ६ थान र नगद १८ हजार ८ सय बरामद गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।