धरान / ‘यस्तै त हो नि ब्रो’ भन्ने चर्चित गीतका र्‍यापर भिटेन(समीर घिसिङ ) पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट आज पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
‘‘यस्तै त हो नि ब्रो’ गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।
उनले गाएको गितमा भएका शब्दले समाजमा नकरात्मक प्रभाव पारेको आरोप छ ।
उनल
'पुलिस चौकी भित्र गर्छु दारु खादैं मस्ती, करोडौको लोन दिए सारुख खानलाई अस्ति’ भन्ने शब्दले प्रहरीको बद्नाम गरेको अाराेप छ ।

‘गरिबी र गीनबाट र्‍याप यात्रा थालेका उनी ‘सिमसिमे पानी ‘’ गीतबाट युट्युब ट्रेन्डिङमा उच्च छन् । नेपाली युवा माझ लोकप्रिय बनेका भिटेन पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा छाएका छन् ।