रंगेली। बुढीगंगा गाउपालीकामा एक सुन व्यापारीले धितोबापत राखेको सुन फिर्ता नदिएको भन्दै पिडीतहरुले न्ययको माग गरेका छन् ।
सुन धितोमा राखेर लिएको ऋण तिरी सक्दा पनि सुन फिर्ता नपाएको बुढीगंगा–२ का पिडीतहरुले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि आफ्नो सुन फिर्ता गराउन माग गरेका हुन । बुढीगंगा –२ मा गणेश लक्ष्मी ज्वेलर्स संचालन गर्दै आएका जितेन्द्र साहले स्थानीय ११ जनाको चार आना देखि ६ तोला सम्म धितोमा राखेको सुन फिर्ता नदिएको पिडीतहरुले बताएका छन् ।

लिएको ऋण तिरी सकेर सुन फिर्ता माग्दा पनि साहले पटकपटक भाका राखेर अल्झाएको पिडीत मध्येका उमेश यादवले बताए । सुन फिर्ता नगरी साह भागेपछि पिडीतहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरी पश्चात पनि प्रहरीले साहलाई पक्राउ गर्न ढीलासुस्ति गरे पछि उनीहरु आफैले गत भदौमा धनकुटाबाट नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । जिल्ला अदालतले साहलाई २ लाख ५० हजार दरौटीमा उन्मुक्ति दिएको उनीहरुले बताए ।

साहले फिर्ता नगरेको सुन १० लाख ३२ हजार मुल्य बराबरको रहेको पिडीतहरुले बताएका छन् । साहले २ देखि ३ प्रतिसत सम्म व्याजलिने गरेको उनीहरुले बताएका छन् । अदालतबाट आफुहरुले न्यय पाउन नसकेको पिडीतहरुको भनाइ रहेको छ ।

अदालतले आफुहरुलाई कुनै जानकारी नदिइकन पिडकलाई २ लाख ५० हजार धरौटीमा छाडेको उमेस यादवले बताए । साहाले सुन पसल संचालन गरेको घर धनि पनि ठगिएका छन् । साहले घरधनि खड्गबहादुर श्रेष्ठलाई विभिन्न नक्ली सुनका गहना दिएर १ लाख ४० हजार ठगी गरेका छन् । साहले आफुलाई नक्ली सुनका गहना दिएर पटकपटक गरि उक्त रकम लिएको श्रष्ठले बताए ।

विराटनगर–४ की नन्दा सर्मा नेपालले जितेन्द्र साह सँग ६ तोला सुन राखेर १ लाख ३० हजार लिएकी थिइन । उनको सुन पनि साहले फिर्ता दिएका छैनन । साहले आफ्नो खातामा पनि सुनको विरण विगारेर भरेको नन्दाले बताइन ।

साहले उनको ६ तोला सुनको दिएकोमा ५ तोला १२ आना सुन लिएको विवतरण उल्लेख गरेको उनले बताइन । सुन व्यवासाय सँगै मिटरव्याजको करोवार गर्ने साहले प्रहरीलाई दिएको बयानमा पिडीतहरुको सुन फिर्ता नदिएको स्विकार गरेका छन् । उनले प्रहरीलाई दिएको बयानमा सुनको परिणम भने घटाएका छन् ।

बुढीगंगा गाउपालीकाका दिपा तिम्सिना,दौपति राय, कल्पाना साह, अस्मिता भुजेल, सिद्धिलाल चौधरी , सुमित्रा चौधरी, राधा राजवंशी र आशा गुरुङको सुन साहल फिर्ता नदिएका हुन ।