इटहरी / इटहरीमानिमार्णधिन ६ लेन सडकको नालामा लडेर इटहरी २० का एक वृद्धको मृत्यु भएको छ । घास काट्ने क्रममा नालामा लडेको इटहरी २० का ९० बर्षीय झपडबहादुर बस्नेतको मृत्यु भएको हो ।
केही बेर अगाडीसम्म कृषि केन्द्र आसपासमा घास काट्दै गरेका बस्नेतको ६ लेन सडक अन्तर्गतको नालामा ढुबेर मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । घास काटेर फर्केने क्रममा लडेको र लडेको ठाउँमा थोरै पानीको आल भएको कारण पानीमा ढुवेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
मृतकका आफन्तहरु बेलाएर पोष्टमार्टमको लागि धरानस्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय निमार्णधिन ६ लेन सडकमा दुर्घट्ना बढेको छ । केहि महिना अघि पनि सडकमै लडेर इटहरी ११ का पूर्व राष्ट्रिय खेलाडी भरत बाँस्तोलाको मृत्यु भएको थियो ।