धरान । सेकुवा कर्नर सञ्चालनको नाममा यौनजन्य गतिविधि गरेको आरोपमा सञ्चालिकासहित ३ जोडी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले विशेष सूचनाको आधारमा धरान–१३ लक्ष्मीचोकमा सोनी गुरुङले सञ्चालनमा ल्याएको झरना सेकुवा कर्नरबाट जोडी पक्राउ परेका हुन् । झरनाले घर नै भाडामा लिएर तीन वटा कोठामा अवैध गतिविधि गरेको पाइएको इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए । उनीहरुविरुद्ध अभद्र व्यवहारमा कारबाही अगाडि बढाइने उनले जानकारी दिए ।