Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • सप्तरीमा प्रहरीलालाई सफलताः फरार अठार अभियुक्त पक्राउ

सप्तरीमा प्रहरीलालाई सफलताः फरार अठार अभियुक्त पक्राउ

alt
  • कार्तिक ४, २०७६
  • रासस
 
सप्तरी / सप्तरी प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार १४ अभियुक्त र अदालतबाट दोषी ठहर भई फरार चरा गरी १८ अभियुक्तलाई तीन महीनायता खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।
प्रहरीले लागुऔषध, जालसाजी, चोरी, डकैती, सार्वजनिक अपराध, बलात्कार, हत्या र कुटपिटलगायतका अभियोगमा अदालतबाट सावित भए पनि सजाय भुक्तान नगरी फरार रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रसाइले जानकारी दिए । जसमध्ये ज्यान मार्ने उद्योगका पाँच, ठगीका एक, जबर्जस्ती करणीका चार, कर्तव्य ज्यानका दुई, सवारी अङ्गभङ्गका एक, सवारी ज्यानका उक, अपहरण तथा शरीर बन्धकका एक, चोरीका दुई र एक जना बोक्सी आरोपमा कुटपिट घटनाका अभियुक्त रहेका छन् ।
पछिल्लो पटक प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले २०७६ असार ७ गते भएको सवारी दुर्घटनाका फरार अभियुक्त उदयपुरको त्रियुगा नगरपालिका–१२ निवासी भागवत मलहालाई पक्राउ गरेको थियो ।
यस्तै प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वय महादेवा गाउँपालिका–१ बस्ने २० वर्षीय अताहुसेन मियाँ र राजगढ गाउँपालिका–१ बस्ने ५५ वर्षीय बिन्देश्वर मण्डललाई पनि पक्राउ गरेका थिए । ज्यान मार्ने उद्योगमैै दोषी भई फरार हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का मुगालाल महतो, धनश्याम महतो र श्याम महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउन र फरार प्रतिवादीलाई पक्राउ गर्न अभियान सँगसँगै सिमाक्षेत्रबाट हुने चोरी तस्करी रोक्न पनि सुरक्षा निगरानीमा कडा पारेको उनले जानकारी दिए ।
सम्बन्धित समाचार
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

धरान । मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित सडकमा बसको ठक्करबाट एकजना साइकल ...

ढुवानीको मिलेमतोमा खाद्यपूरक सामग्रीको तस्करी

विराटनगर । विराटनगरस्थित पञ्चबुद्ध ढुवानी सेवाले नक्कली बिलविजक खडा गरी तस् ...

एनआइसी बैङ्क परिसरको घटनाबारे आत्मसमीक्षा गरौं

इटहरीस्थित एनआईसी एसिया बैङ्क परिसरमा सोमबार भएको घटनालाई केवल एउटा व्यक्ति ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
ढुवानीको मिलेमतोमा खाद्यपूरक सामग्रीको तस्करी
एनआइसी बैङ्क परिसरको घटनाबारे आत्मसमीक्षा गरौं
आजको राशिफलः २०८२ साल पुस २३ गते बुधबार
कोशी प्रदेशमा काङ्ग्रेस–एमालेको मन्त्री हेरफेरमा रजगज
आफ्‌नै खर्चमा धरान–६ का वडाध्यक्षले दिए विद्यार्थीलाई न्यानो कपडा
इटहरीका पाँच पसलमा आगलागी
साइन्याप्सका लागि जुटे बीपी प्रतिष्ठानका विद्यार्थीहरू
कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट ४ जना पुरस्कृत
तपाईं कुन कित्ताको मतदाता ?
स्वास्थ्य कार्यालय प्रमुखको सरुवामा अङ्कुश कायमै
हवाई सुरक्षामा लापरबाहीको पराकाष्ठा र पाठ
आजको राशिफलः २०८२ साल पुस २२ गते मङ्गलबार
इटहरीको एनआइसी एसिया बैङ्कभित्रै पेट्रोल छर्किए ऋणीले
छात्रामाथि यौन दुव्र्यवहारको आरोपमा शिक्षक विरुद्ध उजुरी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved