धरान / धरान १३ कृषि उपज बजारमा सामान खरिद गर्न आएका व्यापारीहरुसँग चारवटा एक सयका नक्कली नोट फेला परेको छ । व्यापारीहरुको हातमा नक्कली नोट भेटिए पछि कानुनी समस्या आउने भन्दैं उक्त नोट च्यातेर फालिएको एक व्यवसायीले बताए । ती नोट बाहिरबाट आएका व्यापारीहरु मार्फत आएको बताइएको छ ।
भेटिएको नक्कली एक सयको नोट अन्य नोट भन्दा गाडा रहेको, बीचमा भएको सेतो धागो नभएको र लाली गुँरासको लोगो विनाको पाइएको थियो । फरक पाए पछि उनीहरुले च्यातेर फालेका थिए । यस विषयमा प्रहरीलाई भने कुनै जानकारी छैन् ।