सुनसरी/ इटहरीको सेन्ट्रल प्लाजामा मेलान्ज स्टोरले शाखा विस्तार गरेको छ । शनिबार एक कार्यक्रमका बीच मेलान्ज स्टोरको शाखा सञ्चालनमा आएको हो ।

शो रुमको कलाकार धुर्मुस र सुन्तलीले उद्घाटन गरेका थिए । विगत २ वर्ष अधिदेखि मेलान्ज स्टोरले काठमाडौं र धनगढीबाट ग्राहकहरूलाई सेवा दिँदै आइरहेको थियो । नेपालमै छोटो समयमै ग्राहकहरूको रोजाइमा पर्न सफल भएको मल्टि ब्राण्ड शो रुममा लेडिज जेन्स् र बच्चाका लुगा कपडा, व्याग, पर्स, परफ्यूम, जुत्ता आदि बिक्री गरिने सञ्चालकले जनाएको छ ।

विगत २० वर्षभन्दा बढी यस १ नं. प्रदेश अन्तर्गत विराटनगरमा मेगाटेकको नामले कम्प्युटर ल्यापटप तथाअन्य इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स सामग्रीहरूको बिक्रीवितरण गर्दै आएको यो मेगाटेक ग्रुपले नै मेलान्ज स्टोर सञ्चालनमा ल्याएको हो ।

मेलान्जले एक वर्षमा उग्रतारा प्लाजा रातोपुल धनगढी, काठमाडौंको कमलपोखरीको सिटिसेन्टर, पेप्सीकोला सनसिटीसहित इटहरीमा शाखा विस्तार गरेको हो । साथै सेन्टरले अनलाइन सपिङ कनेक्ट र सोचेका डट कम मार्फत पनि सेवा दिने जनाइएको छ । इटहरीमा हाइ क्वालिटीका लुगाहरू अत्यन्त सुपथ मूल्यमा उपलब्ध हुने पनि स्टोरले जनाएको छ ।

op

 

 

 

 

 

opening-event5