देउराली । धरान –१५ त्रिवेणी मार्गमा मध्यरातमा अपरिचित व्यक्ति घरभित्र पसि घरधनीमाधि हातपात गरेका छन् ।
त्रिवेणी मार्गस्थित ५८ वर्षीय पदम श्रेष्ठलाई अपरिचित व्यक्तिले हातपात गरेका हुन । श्रेष्ठ घर छेउमा रहेको कुखुराको खोरमा कुखुरालाई पानी दिन निस्किएको माैका छोपी उक्त व्यक्ति घरभित्र छिरेको देखेपछि को हो भनेर सोधपुछ गर्दा उनी माथी हातपात भएकाे श्रेष्ठका छोरा निरन श्रेष्ठले बताए ।

उनले भने ‘ बुबा १ बजे कुखुरालाई पानीदिन कुखुराको खोरमा निस्कनु भएको रहेछ त्यतिनै बेला घरभित्र मान्छे छिरेको देखेपछी उसलाइ बाहिरा निकाल्दा आक्रमणा उत्रिएकाे थियाे । उक्त व्यक्तिलाई परिवारकाे सहयाेगमा नियन्त्रणा लिएर प्रहरीलाई बुझाइएकाे थियाे । 

कुटपिटका कारण घरधनी श्रेष्ठ सामान्य घाइते भएका छन् । मध्यरातमा अर्काको घरभित्र पसि घरधनीमाथी कुटपीट गर्ने धरान –७ मा बस्दै आएका वर्ष २३ का नन्दलाल शर्मा रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएकाे छ । 

शर्माले माधपपदार्थ सेवन गरी घरभित्र छिरेर घरधनीमाथी कुटपीट गरेकाे हुनसक्ने प्रहरीको भनाइ छ । अभद्र व्यावहार गरेको अभियोगमा म्याद थप गरी थप अनुसन्धानको प्रकृयामा रहेको प्रहरीले जनाएकाे छ ।