भण्टावारी/ सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टावारीबाट सशस्त्र प्रहरीले लाखौं मूल्य बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बिओपी भण्टावारीले शनिबार ८ बजे राति चेकजाँचको क्रममा कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल बिओपी भण्टावारीका इन्स्पेक्टर प्रेमसिंह बिष्टका अनुसार कुरिएरको नाममा लाखौंको राजश्व छली गरी दमकबाट काठमाडौतर्फ बा ५ ख १४१० नम्बरको नाइटबसमा लैजादै गर्दा कपडा बरामद गरिएको हो ।
बरामद गरिएको कपडा ७ लाखभन्दा बढी भएको र आइतबार आवश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाउने बिओपी भण्टावारीले जनाएको छ ।