इटहरी / नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै पटकाको तस्करी बढेको छ । तिहारमा बढी खपत हुने पटका सुनसरी जिल्लाका खुल्ला सीमाबाट भित्रिने गरेको भन्दै प्रहरीले सीमाक्षेत्रमा पटका रोक्न गस्ती बढाएको प्रहरीले जनाएको छ ।

सुनसरीेमा खुल्ला सीमाका कारण पटका भित्रिने गरेको भन्दै प्रहरीले भारतसँग सीमा जोडिएको खुल्ला सिमानमा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले खुल्ला सिमानाले सोचेजस्तो काम हुन नसकेको बताए । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी व्यापारीहरूले पटका भिœयाउने गरेको कारण अहिले सीमाक्षेत्रमा कडाइ गरेको एसपी पोखरेलले बताए । व्यापारीहरूले तस्करी गरेर ल्याउने गरेको भन्दै प्रहरीले सीमाक्षेत्रमा सादा पोसाकका प्रहरी खटाई कडाइ गरेको एसपी पोखरेल बताउँछन् ।

सुनसरीमा अहिले खुलेआम पटका भित्रिने गरेको छ । सुनसरीको भान्टाबारी, वीरपुर नाकासँगै निकै लामो दूरी खुल्ला सीमा भारतसँग जोडिएको छ । यी क्षेत्रबाट खुलेआम पटका भित्रिने गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोखरेलले पनि खुल्ला सिमानाको कारण प्रहरीलाई कठिनाइ भएको जनाए । तरकारीलगायतका कृृषिजन्य वस्तुभित्र राखेर पटका भिœयाइने गरेको छ । तिहारमा झिलिमिली बत्ती लगाउने, पटका पड्काउने गरिन्छ । यो समयमा बजारमा पटकाको उच्च माग हुने गरेको व्यापारीहरू बताउँछन् । इटहरीका एक व्यापारीले नाम नभन्ने सर्तमा भने, ‘यो पटक पटका थोरै मात्र ल्याउन सकियो, प्रहरीले अलि बढी तनाव दियो ।’

पटका सस्तो मूल्यमा नेपाल भिœयाउने र महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले ठूलो परिमाणमा भित्रिने गरेको छ । नेपाल भित्रिने पटका रोक्नका लागि प्रहरीले सुरक्षा चेकजाँच बढाएको प्रहरीले बताएको छ । विशेषगरी खुल्ला सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले सुरक्षा गस्ती बढाएको जनाएको छ । यता स्थानीयले पनि प्रहरीको गस्ती बढेको बताएका छन् । चेकपोष्टमा इण्ट्री गर्नुपर्ने हुँदा लुकाई छिपाई ल्याउन सहज नभएको स्थानीयको बुझाइ छ । तर सीमाक्षेत्रमा बिचौलियाले सेटिङ नै मिलाएर पटका भिœयाउने गरेको आरोप लाग्ने गरेको छ । प्रहरीसँगको सेटिङमै पटका भित्रिने गरेको स्थानीयको आरोप रहेको छ । सर्वसाधारणलाई कडाइ गर्ने तर बिचौलियासँग सेटिङ गर्ने गरेको स्थानीय बताउँछन् ।

इटहरी, धरान, इनरुवालगायतका क्षेत्रमा पटका स्टक गर्ने र पहाडी जिल्लामा बिक्री गर्ने गरिएको पाइएको छ । यसतर्फ प्रहरी प्रशासनले गम्भीर भएर लाग्न जरुरी देखिन्छ । नेपाल–भारतबीचको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करहरूले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाई छिपाई ठूलो परिमाणमा पटका भिœयाउने गरेका छन् । खासगरी भारतबाट आउने मालवाहक सवारीसाधन, जीप, कार, टाँगाजस्ता गाडीमा पटका लुकाई छिपाई ल्याउने गरेको देखिन्छ ।