बिर्तामोड । प्रहरीले झापाका दुई स्थानबाट ८ लाख रुपैंयाँ मुल्य बराबरका सामग्री बरामद गरेको छ । प्रहरीले भन्सार छलेर नेपाल ल्याइएका कपडा र मोटर पार्टस बरामद गरेको हो ।

मे १ ज २८२८ नम्बरको पिकअपमा भन्सार छलेर पश्चिमतर्फ लाँदै गरेको अवस्थामा अन्दाजी ७ लाख रुपैंयाँ मुल्य बराबरका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको टोलीले चेकजाँच गर्दा भन्सार छलेर नेपाल ल्याइएका कपडा बरामद भएको झापा प्रहरीका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसैगरी भद्रपुर नगरपालिका ३ डाँगीबारीमा १ लाख मुल्यको मोटरपार्टस बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको कपडा राजश्व कार्यालय इटहरी पठाएको बताएको छ भने मोटर पार्टस भन्सार कार्यालय पठाएको जनाएको छ ।