Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • सदरमुकाम सुनसान: गाउँमा दशैँको चहलपहल

सदरमुकाम सुनसान: गाउँमा दशैँको चहलपहल

alt
  • असोज १९, २०७६
  • विमलबहादुर विष्ट

दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ ।

जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा पछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान बनेको हो । रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीणवस्तीमा भने निकै चहलपहल छाएको सायल गाउँपालिकाका स्थानीय सिद्धराज जोशीले बताए ।

उनले भने, “कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैँको निकै चहलपहल बढेको छ, तर शहर बजार भने खाली हुँदै गएका छन् ।” शनिबारदेखि सदरमुकामका बजार करीब करीब सुनसान बनेको दिपायल पिपल्लास्थित अमरपुस्तक पसलका सर्वजित देउवाले बताए । उनले भने, “सबै मान्छे आ–आफना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ ।” बजारमा व्यापार आधाभन्दा बढी घटेको पिपल्लाका अर्का व्यवसायी सन्तोष नेपालीले बताए।

उनले भने, “बजारमा खासै मान्छे देखिदैनन्, ग्राहक नहुँदा बजारसमेत सुनसान बन्दै गएको छ ।” यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्ला बाहिरबाट आएर व्यापार व्यवसाय गरीरहेका छन् । उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो । बजारभरिमा सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढेको छ ।

ग्रामीण क्षेत्रका दर्जनौ गाउँमा चर्खे र लिङ्गे पिङले रमाइलो बढाएको केआईसिंह गाउँपालिका–५ रानागाउँका स्थानीय सुरेन्द्रविक्रम शाहीले बताए । उनले भने, “गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरीएका सबै गाउँघर फर्किदैछन्, अहिले त यहाँका गाउँ बजार भन्दा कम छैनन् ।” त्यस्तै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार व्यवसाय पनि निकै फष्टाएको स्थानीयबासी बताउँछन् । त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा रहेका पुराना दरबार, कोट तथा भगवतीका मन्दिरमा दैनिक हुने पूजापाठसमेतले गाउँको रौनक छुट्टै बनाएको छ ।

यहाँका निरौलीकोट, धुर्कोकोट, जोरायल, गड्सेरा, बोगटान, बडिकेदारमा रहेका कोट तथा भगवतीका मन्दिरमा घटस्थापनादेखि नै पूजापाठ गर्नेको भीड लाग्ने गरेको छ । सबै कोटमा एक सातासम्म पूजापाठ गरेर नवमीका दिन पञ्चवलि दिइने चलन रहेको छ । पहिला सधैं सुनसान लाग्ने यहाँका गाउँमा अहिले निकै रमाइलो र चहलपहल बढेको स्थानीयबासी बताउछन् । सदरमुकामको तुलनामा ग्रामीण बजारमा व्यापार व्यवसायसमेत बढ्दो क्रममा रहेको जोरायल गाउँपालिका–१ गैराका स्थानीय छपेस मल्लले बताए ।

सडक सुविधाले गाउँमै खोजेरोजे अनुसारका सबै सामग्री पाइने भएपछि गाउँका बजारमा दिनहुँ भीड लाग्ने गरेको उनले बताए । अधिकांश गाउँलाई सडक यातायातले छोएका कारण पनि स्थानीय अहिले धमाधम आफना गाउँघर फर्किन थालेका हुन् ।

पिपल्ला, अत्तरिया, सिलगढीमा नै दशैंको किनमेल गर्नेले अहिले जिल्लाकै ग्रामीण बजारमा किनमेल गर्ने गरेका छन् । यहाँका ग्रामीण क्षेत्रका बजारमा दशैँको किनमेल गर्नेको भीड बढेको व्यवसायी बताउँछन् । दशैँसँगै गाउँमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत बढ्दै गएको छ ।

स्थानीय युवा क्लब र काठमाडौँमा बस्ने गरेका यहाँका कलाकारले गाउँ फर्केका बेला रमाइलो गर्ने उद्देश्यले एक दर्जन गाउँमा दशैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजनासमेत गरिरहेका छन् । 

सम्बन्धित समाचार
इटहरीमा प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–२, डम्फु चोकबाट प्रहरीले ठूलो परिमा ...

विराटचोकमा पहिलोपटक रोजगारदाता एजेन्सी सञ्चालनमा

विजयपुर । मोरङको सुन्दरहरैचा नगरपालिका–९, विराटचोकमा पहिलोपटक रोजगारदाता एज ...

काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौँ । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी आएपछि पृथ्वीराजमार्गलगायतका स ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
इटहरीमा प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ
भदौ १६, २०८३
विराटचोकमा पहिलोपटक रोजगारदाता एजेन्सी सञ्चालनमा
भदौ १६, २०८३
काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण
भदौ १६, २०८३
रसुवा बाढीमा कोशीका १९२ जना सम्पर्कविहीन
भदौ १६, २०८३
भोटेकोशी बाढीपीडितलाई हिमगिरि हाइजिनको ७० लाखको सहयोग
भदौ १५, २०८३
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने
भदौ १५, २०८३
झापामा पाँच लाख नागरिकलाई जापानीज इन्सेफ्लाइटिसविरुद्ध खोप
भदौ १५, २०८३
टेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तसँग डीएनए नमुना माग
भदौ १५, २०८३
उदयपुरमा ११२२ किलो गाँजा बरामद
भदौ १५, २०८३
सुनसरीमा भन्सार छलीका ११० थान कुर्ता–सुरुवालसहित अटो चालक पक्राउ
भदौ १५, २०८३
पुवाखोलामा बेलीब्रिज जडान सुरु
भदौ १५, २०८३
भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
भदौ १५, २०८३
तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग
भदौ १५, २०८३
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
भदौ १५, २०८३
भोटेकोशी बाढीः मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन
भदौ १५, २०८३
इटहरीमा प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ
भदौ १६, २०८३
विराटचोकमा पहिलोपटक रोजगारदाता एजेन्सी सञ्चालनमा
भदौ १६, २०८३
काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण
भदौ १६, २०८३
रसुवा बाढीमा कोशीका १९२ जना सम्पर्कविहीन
भदौ १६, २०८३
भोटेकोशी बाढीपीडितलाई हिमगिरि हाइजिनको ७० लाखको सहयोग
भदौ १५, २०८३
रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने
भदौ १५, २०८३
झापामा पाँच लाख नागरिकलाई जापानीज इन्सेफ्लाइटिसविरुद्ध खोप
भदौ १५, २०८३
टेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तसँग डीएनए नमुना माग
भदौ १५, २०८३
उदयपुरमा ११२२ किलो गाँजा बरामद
भदौ १५, २०८३
सुनसरीमा भन्सार छलीका ११० थान कुर्ता–सुरुवालसहित अटो चालक पक्राउ
भदौ १५, २०८३
पुवाखोलामा बेलीब्रिज जडान सुरु
भदौ १५, २०८३
भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
भदौ १५, २०८३
तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग
भदौ १५, २०८३
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
भदौ १५, २०८३
भोटेकोशी बाढीः मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन
भदौ १५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क