Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • सदरमुकाम सुनसान: गाउँमा दशैँको चहलपहल

सदरमुकाम सुनसान: गाउँमा दशैँको चहलपहल

alt
  • असोज १९, २०७६
  • विमलबहादुर विष्ट

दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ ।

जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा पछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान बनेको हो । रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीणवस्तीमा भने निकै चहलपहल छाएको सायल गाउँपालिकाका स्थानीय सिद्धराज जोशीले बताए ।

उनले भने, “कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैँको निकै चहलपहल बढेको छ, तर शहर बजार भने खाली हुँदै गएका छन् ।” शनिबारदेखि सदरमुकामका बजार करीब करीब सुनसान बनेको दिपायल पिपल्लास्थित अमरपुस्तक पसलका सर्वजित देउवाले बताए । उनले भने, “सबै मान्छे आ–आफना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ ।” बजारमा व्यापार आधाभन्दा बढी घटेको पिपल्लाका अर्का व्यवसायी सन्तोष नेपालीले बताए।

उनले भने, “बजारमा खासै मान्छे देखिदैनन्, ग्राहक नहुँदा बजारसमेत सुनसान बन्दै गएको छ ।” यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्ला बाहिरबाट आएर व्यापार व्यवसाय गरीरहेका छन् । उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो । बजारभरिमा सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढेको छ ।

ग्रामीण क्षेत्रका दर्जनौ गाउँमा चर्खे र लिङ्गे पिङले रमाइलो बढाएको केआईसिंह गाउँपालिका–५ रानागाउँका स्थानीय सुरेन्द्रविक्रम शाहीले बताए । उनले भने, “गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरीएका सबै गाउँघर फर्किदैछन्, अहिले त यहाँका गाउँ बजार भन्दा कम छैनन् ।” त्यस्तै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार व्यवसाय पनि निकै फष्टाएको स्थानीयबासी बताउँछन् । त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा रहेका पुराना दरबार, कोट तथा भगवतीका मन्दिरमा दैनिक हुने पूजापाठसमेतले गाउँको रौनक छुट्टै बनाएको छ ।

यहाँका निरौलीकोट, धुर्कोकोट, जोरायल, गड्सेरा, बोगटान, बडिकेदारमा रहेका कोट तथा भगवतीका मन्दिरमा घटस्थापनादेखि नै पूजापाठ गर्नेको भीड लाग्ने गरेको छ । सबै कोटमा एक सातासम्म पूजापाठ गरेर नवमीका दिन पञ्चवलि दिइने चलन रहेको छ । पहिला सधैं सुनसान लाग्ने यहाँका गाउँमा अहिले निकै रमाइलो र चहलपहल बढेको स्थानीयबासी बताउछन् । सदरमुकामको तुलनामा ग्रामीण बजारमा व्यापार व्यवसायसमेत बढ्दो क्रममा रहेको जोरायल गाउँपालिका–१ गैराका स्थानीय छपेस मल्लले बताए ।

सडक सुविधाले गाउँमै खोजेरोजे अनुसारका सबै सामग्री पाइने भएपछि गाउँका बजारमा दिनहुँ भीड लाग्ने गरेको उनले बताए । अधिकांश गाउँलाई सडक यातायातले छोएका कारण पनि स्थानीय अहिले धमाधम आफना गाउँघर फर्किन थालेका हुन् ।

पिपल्ला, अत्तरिया, सिलगढीमा नै दशैंको किनमेल गर्नेले अहिले जिल्लाकै ग्रामीण बजारमा किनमेल गर्ने गरेका छन् । यहाँका ग्रामीण क्षेत्रका बजारमा दशैँको किनमेल गर्नेको भीड बढेको व्यवसायी बताउँछन् । दशैँसँगै गाउँमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत बढ्दै गएको छ ।

स्थानीय युवा क्लब र काठमाडौँमा बस्ने गरेका यहाँका कलाकारले गाउँ फर्केका बेला रमाइलो गर्ने उद्देश्यले एक दर्जन गाउँमा दशैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजनासमेत गरिरहेका छन् । 

सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अख्तियार इटहरीबाट १९ सय ५३ वटा उजुरी फछ्र्यौट
उद्योगमा विद्युत् कटौतीः रिलायन्स मिल ठप्प हुँदा ४ हजार मजदुरको रोजगारी सङ्कटमा
अविरल वर्षाले देशभरको जनजीवन प्रभावित
राजनीतिक अन्यौलतालाई दलहरूले सहज निकास नदिए अर्को सङ्कट आउन सक्छ: बौद्धिक वर्ग
बादल मडारिँदा किसान त्रासमा
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
जङ्गलमा कार लगेर चालकद्वारा आगजनी
‘मुन्धुम यक्’ पुग्ने मुन्धुम पदमार्ग
बैङ्किङ सेवाका प्रणालीगत कमजोरी सुधारौं
आजको राशिफलः २०८२ साल कात्तिक १४ गते शुक्रबार
बैङ्कका कारण मानसिक तनावमा ऋणी
अदालतको नक्कली कागजपत्र खडाः जागिरको सूचना आह्वान गरी ठगी धन्दा
यो बेला सोचेर सरकार अगाडि बढोस्
आजको राशिफलः २०८२ साल कात्तिक १३ गते बिहीबार
विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गरौँ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved