ओखलढुङ्गा/ ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-१ मोली फस्कु बस्ने बर्ष ५५ को हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गर्दा २ जना घाइते भएका छन् ।
उनले शनिबार राती ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ७२ को बिश्र बहादुर राई र निजकै श्रीमती बर्ष ६५ की रत्नमाया राईलाई बन्चरोले शरिरको बिभिन्न भागमा प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।
घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी निसंखेबाट प्रहरीको टोली खटि घाइतेलाई उपचारको लागी मिसन अस्पताल ओखलढुङ्गा पठाएको थियो भने घटनामा संलग्न हर्कजित राईलाई बन्चरो सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएको उक्त १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
 
                     
         
                                        
                                                                                                 
        































