धरान / धरानसिथत एन्फा एकेकेमीमा आयोजित पहिलो पटक भएको प्रदेश स्तरीय यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधी एन्फा एकेडेमी धरानले हात पारेको छ ।
शनिवार भएको फाइनलमा मोरङको एम्ब्रिय एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै एन्फा एकेडेमी धरानले उपाधी जितेको हो । प्रतियोगितामा एक नं. प्रदेशका १० वटा फुटबल एकेडेमीले सहभागीता जनाएका थिए । प्रतिष्पर्धात्मक फाइनल खेलमा एन्फाका आयुष गुरुङले गोल गरेका थिए । एम्ब्रीय एकेडेमीले समेत गोल गर्ने सुन्दर मौका गुमाएको थियो । फाइनल खेलको म्यान अफ द म्याच एम्ब्रीय एकेडेमीका सन्देश सुब्बा घोषित हुदै नगद २ हजार पुरस्कार प्राप्त गरे ।
एन्फा एकेडेमीले उपाधीसँगै ५० हजार नगद पुरस्कार जितेको छ । उपविजेता एम्ब्रीय एकेडेमीले नगद २५ हजार नगद जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै एन्फा एकेडेमीका आयुष गुरुङले नगद ३ हजार र ट्रफि र मेडल जितेका छन् । त्यस्तै गरी प्रतियोगिताको उत्कृष्ट फरवार्ड एम्ब्रीयका कोमल थापा मगर घोषित भए । त्यस्तै गरी प्रतियोगितामा एन्फा एकेडेमीका युनिस बुढाथोकी उत्कृष्ट डिफेन्स, असिमजंग कार्की उत्कृष्ट मिडफिल्डर र कृषल मोक्तान उत्कृष्ट गोल किपर घोषित भए ।
एक नं. प्रदेशमा पहिलो पटक भएको एकेडेमी स्तरीय प्रतियोगिताको आयोजना एन्फा एकेडेमी म्यानेजमेन्ट कमिटि धरानले गरेको थियो । एकेडेमी स्तरीय प्रतियोगिताले भोलीको लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने कमिटिका अध्यक्ष तथा एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले बताए । राईले प्रतियोगिताले एकेडेमीमा फुटबल सिक्दै गरेका युवाहरुलाई थप प्रोत्साहित गरेको बताए । होम एण्ड अवेको आधारमा फुटबल खेल्ने गरी एन्फा एकेडेमी धरान विभिन्न क्लबकै होम ग्राउण्डमा आउने समेत बताएका छन् ।