ताप्लेजुङ/ लागुऔषध खैरो हिरोईन सहित ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका १ मेवाखावाट ईलामका २४ वर्षिय विवेक लिम्बूलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । लिम्बूको साथवाट २४ मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरीक्षक विष्णु बहादुर खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार शंकास्पद अवस्थामा हिडिरहेका उनलाई शरिर खानतलासी गर्दा लागुऔषध फेला परेको थियो । लिम्बूलाई कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

पूर्पक्षका लागि कारागार चलान
यसैविच २५ मिलिग्राम खैरो हिरोईन सहित पक्राउ परेका एकजनालाई ताप्लेजुङ कारागार चलान गरिएको छ । फुङलिङ नगरपालिका वडा नं ४ कोप्चेवाट पक्राउ परेका मेगराज हाङ्गामलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो । गत जेठ २५ गते पक्राउ परेका हाङ्गामलाई अनुसन्धान पूरा गरि अदालत पेश गर्दा विहिवार नै जिल्ला अदालत ताप्लेजुङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।