धरान / उपप्नधानमन्त्री एंव स्वस्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सम्वृद्धिको इण्डिकेटर स्वास्थ्य र शिक्षा भएकाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनशक्ति उत्पादन, सेवा र अनुसन्धानमा अब्वल बनाउन सुझाएका छन् ।
वीपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा २६ औं वीपी प्रतिष्ठानको जन्मेत्सवको अवसरमा सोमबार प्रतिष्ठानले आयोजना गरेको विशेष कार्यक्रममा सम्बोधन गदैं मन्त्री यादवले प्रतिष्ठानलाई छुट्टै विश्व विद्यालय बनाउने तयारी भएको जानकारी दिए । उनले गत बर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्व विद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको बताए ।
प्रतिष्ठानमा विगतमा विवाद आए पनि अव प्रतिष्ठानलाई राम्रो बनाउन एक आफसमा समझदारी र समन्वयको खाजो रहेको बताए । त्यसका लागि यहाँको नेतृत्वले ध्यान पु¥याउन सुझाव दिए ।
उनले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा प्राथामिक स्वास्थ्य केन्द्र, नगरपालिका सिटी अस्पताल, प्रदेशहरुमा स्वस्थ्य प्रतिष्ठानहरु धमाथम निर्माणको तयारीमा रहेकोसमेत जानकारी दिए । उनले पछिल्लो सयम देशभरी फैलिएको डेगुं नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउदैं सरकारले त्यसका लागि अभियान चलाएको बताए ।
प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रतिष्ठानमा समस्यै समस्या रहेकाले त्यसको समाधानका लागि संघीय सरकारले पहलकदमी गर्नु पर्ने बताए । उनले यहाँको उपचार सेवा, शिक्षण सेवा श्रोत र साधानको अभावमा समस्या भएको भन्दैं समाधान गर्न संघीय स्वास्थ्य मन्त्री यादवलाई अनुरोधसमेत गरे ।
कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा. गुरुप्रसाद खनालले प्रतिष्ठानमा लामो समयदेखि रोकिएको कार्डियोलोजी भवन, मात्रुशिशु भवन निर्माण कार्यलाई सुचारु गर्न मन्त्रालयको ध्यानाकर्षण गराए । उनले प्रतिष्ठानमा हालसम्म भएको प्रगति विवरण सुनाएका थिए । आजै प्रतिष्ठानको अर्थोपोडिक अपरेशन थिएटरकोसमेत उद्घाटन गरिएको छ । प्रतिष्ठानको २६ औं जन्मोत्सवमा प्रदेश १ का प्रमुख गोविन्द तुम्वो, अमेरीका स्थित बासिङटन सिटी युनिभर्सिटीका प्राध्यापक डा. रामानन्द लक्ष्मी नारायण, प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलगायतले सम्बोधन गरेका थिए । प्रतिष्ठानले आजै २६ औं जन्मोत्सवको अवसरमा म्याराथुनसमेत आयोजना गरेको थियो ।