Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश

मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा समावेश

alt
  • भदौ २०, २०७६
  • ब्लाष्ट खबर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवामा समावेश गराएको छ ।

मानसिक स्वास्थ्यको चिकित्सकीय पक्ष र परामर्श दुवै क्षेत्रलाई पहिलोपटक आधारभूत सेवामा समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपचारात्मक महाशाखाका प्रमुख चिकित्सक तारा पोखरेलले मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था कोसिस र स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवाभित्र के के सेवा राख्ने भन्ने नयाँ नीति कार्यान्वयनको चरणमा रहेको र यसमा मानसिक स्वास्थ्यसमेत रहेको बताए ।

विश्वस्वास्थ्य सङ्गठनले मस्तिष्कका एकभन्दा बढी क्रियाकलाप भावना, आभाष, स्मृति, विचार, बोली र चेतनामा गडबडी उत्पन्न भएर स्थितिलाई मानसिक रोगका रुपमा परिभाषित गरेको छ । सङ्गठनले नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्यको अवस्था जटिल बन्दै गएको समेत जनाएको छ । अर्काेतर्फ मन्त्रालयले मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न मानसिक स्वास्थ्य नीतिसमेत जारी गरेको छ ।

मन्त्रालयले मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न सातवटै प्रदेशका ४३ जिल्लामा मानसिक स्वास्थ्यका कार्यक्रमसमेत सञ्चालन गरेको महाशाखा प्रमुख पोखरेलले जानकारी दिँदै विद्यालयका छात्र/छात्रामा जनचेतनाका कार्यक्रमसमेत रहेको बताए ।

मन्त्रालयका सहसचिव चिकित्सक दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवातर्फको कर्मचारी समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै समायोजन पूरा भएपछि नयाँ कर्मचारी दरबन्दीको सर्वेक्षण कार्य शुरु हुनेछ भने । उनका अनुसार मन्त्रालयले स्वास्थ्य सेवामा सङ्घीयता कार्यान्वयनपछि सरकारी स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अध्ययन कार्य शुरु गरेको छ । हालसम्म ११३ अस्पतालमध्ये ८३ वटाको अध्ययन कार्य पूरा भएको छ ।

अध्ययनमा अस्पतालका सुशासन, उपचार सेवा, औषधि, उपकरण र जनशक्ति लगायतका क्षेत्र समावेश गरिएको जनाइएको छ । अर्काेतर्फ मन्त्रालयले मानसिक स्वास्थ्यका विशेषज्ञ उत्पादन गर्न स्नाकोत्तर तहको अध्ययन सिट सङ्ख्या सात पुर्याएको छ ।

कार्यक्रममा कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्यको विषयलाई विद्यालयका पाठ्यक्रममा समावेश गर्न, भएका सेवालाई गुणस्तरीय बनाउन र यसका बारेमा जनचेतनाका कार्यक्रम ल्याउन आग्रह गरे । सो संस्थाले मानसिक रोगका बारेमा जनचेतना, उद्धार तथा उपचार सेवामा समेत सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार
किरियामा बसेकामाथि आक्रमण

विराटनगर । मातृवियोगको पीडामा रहेका एक परिवारमाथि मध्यरातमा मादक पदार्थ सेव ...

बीपी प्रतिष्ठानमा हाडजोर्नीसम्बन्धी दुई नयाँ विशेष उपचार सेवा सुरु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य सेवामा थप ...

धरानको दुर्घटनामा एकको मृत्यु

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुर क्षेत्रमा मङ्गलबार बिहान १० ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
किरियामा बसेकामाथि आक्रमण
बीपी प्रतिष्ठानमा हाडजोर्नीसम्बन्धी दुई नयाँ विशेष उपचार सेवा सुरु
धरानको दुर्घटनामा एकको मृत्यु
An Open Protest Letter to President Xi Jinping and Prime Minister Narendra Modi
हैजा नियन्त्रणमा तदारुकता देखाऊ
आजको राशिफलः २०८२ साल भदौ ११ गते बुधबार
धरान १५ को दिप्लुङ बेकरीमा सटर फोडेर चोरी
वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
शिक्षा विधेयकविरुद्ध प्रदर्शन
पीडितलाई राहत
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति
१४ वर्षमा पनि बनेन पुल
सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध
होटलहरूमा लागूऔषधको कारोबार
धरान–चतरा सडक कालोपत्रेका लागि सर्वे सुरु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved