धरान । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रोदर्श अटोले दोस्रो पटक धरानमा बजार एक्सचेञ्ज महामेला लगाउने तयारी गरेको छ ।

मेला भदौं २२ गतेदेखि २७ गतेसम्म धरान–७ को सभागृहमा सञ्चालन हुँदै छ । मेलामा जुनसुकै कम्पनीको दुई पाङ्ग्रे सवारीको न्यूनतम मूल्य ३० हजार रुपैयाँ राखिएको छ । यसक्रममा दशैंतिहारलाई लक्षित गर्दै ‘भविष्यवाणी अफर’ पनि ल्याएको छ । यो अफर मेलामा पनि लागू हुने अर्बिन ब्रदर्शका सञ्चालक अर्बिन तामाङले बुधबारको पत्रकार सम्मेलनमा बताए । उनका अनुसार नयाँ बाइकको खरिदमा शुरुमै अधिकतम १ लाख रुपैयाँ र खरिदपछि पनि अधिकतम १ लाख रुपैयाँ नै नगद छुट प्राप्त गर्न सकिने जनाएको छ ।

प्रचलित बजारको मूल्याङ्कन भन्दा १५ हजार रुपैयाँ बढी दिने उनले बताए । ‘पुराना बाइकको प्रचलित मूल्याङ्कनमा थप १५ हजार रुपैयाँ एक्स्ट्रा प्रदान गर्ने छौं’–उनले भने । नयाँ बाइकको खरिदमा बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेगगार्ड निःशुल्क दिइने छ । त्यस्तै मेलामा ‘अन द स्पट फाइनान्स र बिमा’ समेतको व्यवस्था रहेको छ । बील बुक रहेको जस्तोसुकै मोटरसाइलक तथा स्कुटरको पनि न्यूनतम मूल्य ३० हजार रुपैयाँ तोकिएको छ । यसअघि गत वैशाखमा ६ दिने महामेला लगाएको थियो ।