धरान । मोरङको ग्रामथान–५ तेतरियामा बराह ग्रुपले सञ्चालन गरेको बराह कृषि उपज तथा पशुपालन परियोजनामा कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले अनुगमन गरेकी छन् ।

मङ्गलबार अनुगमन गर्दै उनले कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सरकारको पहिलो प्राथमिकता रहेको बताइन् । उनले कृषि क्षेत्रका बजेटसमेत बढाइएको बताइन् । बराह ग्रुपले गरेको परियोजनाको खुलेर प्रशंसा गरिन् । बराहले ६ बिघा क्षेत्रफलमा कृषि परियोजना सञ्चालनमा ल्याएको छ । त्यसक्रममा बराह ग्रुपका प्रदेश प्रमुख मानबहादुर विकले राज्यमन्त्री चौधरीलाई जानकारी पत्र बुझाए ।