धरान / धरानमा चार दिने ‘यामाहा महामेला’ आजदेखि धरान–१२ स्थित चतरा लाईनमा शुरु भएको छ । नेपालको लागि यामाहा कम्पनीको आधिकारिक विक्रेता मोरङ अटो वर्क र धरानमा यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सको संयुक्त आयोजनामा महामेला शुरु गरिउएको हो ।
मेलाको उद्घाटन सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बाइकमा चढेर गरे । । एमटी–५० स्पोर्टस बाइकमा चढेर उनले उद्घाटन गरे । महामेला भदौं २० गतेसम्म सञ्चालनमा रहनेछ । महामेलामा ग्राहवर्गलाई लक्षित गरी विभिन्न स्किमहरु ल्याएको कम्पनीले जनाएको छ ।
महामेलामा बाइक एक्सचेन्ज, पूरानो बाइकको उत्कृष्ट मुल्याङकन, नयाँ बाइक खरीदमा स्पट फाइनान्सको सुबिधा, फ्रि एसोसरिज, फ्रि चेक अप क्याम्पलगायतको सुबिधा दिइएको कम्पनीका एरिया सेल्स मेनेजर रोबिन श्रेष्ठले कार्यक्रममा जानकारी दिएका थिए ।
मेलामा स्वास्थ्य परीक्षण, मेहन्थी, नेल आर्टलगायतको सुविधालगायतका कार्यक्रम समेत संचालन गरिएको छ । प्रत्येक बाइक खरीदमा न्यूनतम ७ हजारदेखी १ लाख रुपैयाँसम्म लक्की ड्रमार्फत छुट प्राप्त गर्ने विजयपुर ट्रेडर्सका प्रबन्धक प्रभाव खतिवडालेृ जानकारी दिए । मेलामा निःशुल्क एसोसरिजहरुमा हेल्मेट, लेग गार्ड, बाइक कभर, रेनकोट र ब्याग पनि दिइने छ । मेला २ सय वटा बाइक बिक्री गर्ने कम्पनिले लक्ष्य लिएको छ ।
































