धरान / धरानको मुख्य चोकदेखि पूर्व माछाभौडीसम्मको देशीलाइनको सडक ५० फिट मापदडअनुसार निर्माण शुरु भएको छ ।
मंगलबार विहान बिहान धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले सडकको शिलान्यास गरेकीछन् । उपमहानगरले सडकलाई ५० फिटको बनाउन सूचना जारी गरे पछि स्थानीयले यस अघि नै सडकमा पर्ने संरचना भत्काएर उपमहानगरलाई सहयोग गरेका थिए ।
उपमहानगरले उक्त सडक निर्माण सम्पन्नसँगै देशी लाईन, पुरानो बजार, रेडक्रस लाईन, लक्ष्मी चोक, जिरोपोइन्ट हुदैं रंगशाला, कल्याणचोक हुदैं पुतली लाईनको बाटोलाई वन वे बनाउने तयारी गरेको छ ।
९ महिना भित्र सक्ने गरि ठेक्का लागेको छ । १ करोड १९ लाख बजेटमा निर्माण हुने उक्त सडकको दुवै किनारमा ७/७ फिटको पेटी  निर्माण हुने छ ।