Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /स्वास्थ्य
स्वास्थ्य

तनहुँमा नौ जनामा डेङ्गु

ब ब्लाष्ट खबर भदौ १४, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
तनहुँमा नौ जनामा डेङ्गु

जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् ।

व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ । गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको शङ्का लागेको १२ को परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिए ।

डेङ्गुका बिरामीमध्ये तीन जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए । अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये एक जनालाई अस्पतालबाट घर पठाइएको र दुई जनालाई पोखरा स्थानान्तरण गरिएको थियो ।

तनहुँमा आर्थिक वर्ष ०७१/७२ मा तीन, ०७४/७५ मा एक र ०७५/७६ मा एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३३९ जना डेङ्गुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी कास्कीमा ३१२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा दुई/दुई जना डेङ्गुका बिरामी फेला परेका छन् ।

स्याङ्जामा नौ, तनहुँमा नौ, गोरखामा तीन जना डेङ्गुका बिरामी छन् । सडकमै चालकको आँखा र रक्तचाप परीक्षण पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा ट्राफिक प्रहरी खटिए ।

उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले । सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए । गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, स्वास्थ्य परीक्षणका लागि बोलाइएको रहेछ ।

आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी कार्यालय तनहुँले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण गरेको छ । लामो दूरीका सवारीसाधन र मालवाहक ट्रकका कारण धेरै दुर्घटना हुने गरेकाले दोस्रोपटक सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

दमौली अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १२६ चालकको आँखा र रक्तचाप परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए । ती चालकमध्ये तीन जनाको आँखा कमजोर देखिएकाले थप उपचारका लागि सुझाव दिइएको उनले बताए । त्यस्तै १६ जना चालकको रक्तचाप उच्च देखिएकाले औषधि प्रयोग गर्न सुझाव दिइएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
कार्तिक २, २०८३
नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
कार्तिक २, २०८३
सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
कार्तिक २, २०८३
छापा संस्करण [ePaper]
  1. सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
    कार्तिक २, २०८३
  2. नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
    कार्तिक २, २०८३
  3. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  4. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  5. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  6. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  7. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  8. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  9. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  10. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  11. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  12. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  13. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  14. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  15. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड