महेन्द्रनगर / बराहक्षेत्र नगरपालिकाले हिजो ७ नं वडाको बाङगे बजारमा अनु्गमन गरेको छ । बजार अनुगमन समितिकी संयोजक कमला मगरको संयोजकत्वमा गरिएको अनुगमनमा व्यापारीहरुले नियम कानुनको पालना नगरिएको पाइएको छ । अधिकांश व्यवसाय दर्ता तथा नविकरण नभएको पाइएको अनुगमनमा सहभागीहरुले बताएका छन् ।
कतिपय पसलहरुमा खाद्य पदार्थको बनाएको मिति र प्रयोग गर्ने अन्मित मिति नभएको पाइएको अनुगमन संयोजक कमला मगरले जानकारी दिइन ।
‘यो पहिलोपटक अनुगमन भएकोले व्यापार व्यवसायीहरुलाई सुधार गर्न समय दिइएको छ । फेरी आउदा सुधार नभए कारवाही गरिने उपमेयर तथा अनुगमन संयोजक मगरले बताइन ।
अनुगमन समितीमा निमित प्रशासकीय अधिकृत मनुकुमार लिम्बू, जिल्ला प्रशासन कार्यलय सुनसरी, खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय इनरुवा खाद निरिक्षक श्रृजन जोशीलगायतको सहभागीता रहेको थियो ।