लक्ष्मीमार्ग । जिउदो मान्छेको मृत्युदर्ता छ भन्दा अचम्म लाग्नु स्वाभाविकै हो । तर यस्तै भएको छ मोरङको बेलबारी ११ लक्ष्मीमार्गका सुवास तामाङको । हाल लक्ष्मीमार्गमा स्थायी रुपमा बसोवास गर्ने सुवासलाई आफ्नो मृत्युदर्ताले समस्यामा पारेको छ ।
सिटि सफारी चालाएर परिवारको गुजारा चलाईरहेका सुवास कानुनि हिसावले हेर्दा वि.स.२०७४ असार २४ गते नै मृत्यु भईसकेका ब्यक्ति हुन् । भोजपुरको षडानन्द नगरपालिकामा उनको मृत्युदर्ता गरी सकिएको छ ।
वि.स.२०७१ सालमा साउदी अरवको हुन्डाई कम्पनिमा लेवरको रुपमा काम गर्न गएका तामाङको २०७४ असार २४ गते सवारी दुर्घटनामा परी मृत्यु भएको भनि शव नेपाल आएपछि परिवारले उनको आफ्नो संस्कार अनुसार दाहसंस्कार गरेका थिए । ‘करिव ३ महिना पछि थाहा भयो त्यो शव सुवासको नभई कपिलबस्तुका टेकेन्द्र भन्डारीको रहेछ’ सुवासकी श्रीमती सन्तोषीले बताईन् ।
परिवारले काजकृया तथा मृत्यु दर्ता समेत गरीसके पछि मात्र सुवास परिवारको सम्पर्कमा आएको सन्तोषी बताउछिन् । दुर्घटना भएको ६ महिना पछि मात्र सुवास नेपाल आउन सकेका थिए । सुवासले आफु जिउदो भएको प्रमाण जुटाउन उनि हार गुहार्न थालेका छन । उनि जिउदै भएपनि मरेको भनि प्रमाणित भएपछि उनि अहिले ज्यूदो भएको प्रमाण जुटाउन लागि परेका हुन ।
कानुनमा मरेपनि सुवास भने जिवित नै छन् । उनि जिवितै भएको प्रमाण जुटाउनका लागि पटक पटक बिभिन्न कार्यलय तथा वकिल संग पुगिुसके तर आश्वासन बाहेक पाउन सकेका छैनन् । ‘म कुनै नक्कली मान्छे हैन, कम्मनीको गल्तीले यस्तो समस्या भएको हो तर मलाई कानुनी प्रकृयाले अप्ठ्यारो भएको छ ।’ सुवासले बताए ।
कानुनी जटिलताले सुवासलाई काम गर्न निक्कै अप्ठ्यारो भएको गुनासो गरे । बेलवारी ११ लक्ष्मीमार्गका वडा अध्यक्ष यम बहादुर पोख्रेलका अनुसार ‘सुवासको नागरीकताको समस्या हल भईसकेको र उनको मृत्युदर्ता खारेजी प्रकृया भईरहेको’ बताए ।
मृत्युदर्ता खारेजी प्रकृयाको लागी टिप्नी उठाउनु पर्ने भएको छ अव चाडै नै टिप्नी उठाएर जिल्ला प्रसासन कार्यलय बिराटनगर पठाए पश्चात मात्र जिल्ला प्रसासन कार्यलयका प्रमुखले सुवासको मृत्युदर्ता खारेज गरिदिने वडा अध्यक्ष पोख्रेलले बताए ।