– तपाई पार्टीको काममा कहिलेदेखि क्रियाशील हुनुहुन्छ र हाल के गर्दै हुनुहुन्छ ?
करिब २०३५ सालतिर तत्कालीन कोर्डिनेसन कमिटीमा (कोके) आबद्ध भएँ । त्यसपछि क्रमिक रूपमा मालेमा आबद्ध भएँ । त्यसपछि माक्सवादीहरूबीचको एकीकरणपछि एमाले र अहिले माओवादी केन्द्रसँगको एकीकरणपछि नेकपामा भएका छौँ । म सानैदेखि पार्टीको सिद्धान्त यो हो भनेर भन्दा पनि अग्रजहरूले राजसंस्थाका तथा तत्कालीन शासकहरूको दमनका बारेमा बताइरहँदा र समाजका दुःखी, गरीबहरूको कुरा सुनिरहँदा तिनीहरूको सेवा गर्न पाए, यिनीहरूको पक्षबाट बोल्न पाए कस्तो हुन्थ्यो होला भन्ने एक प्रकारको उत्सुकता हुन्थ्यो । २०३५ केही साथीहरू मिलेर “साल्माक्युम” त्यसको अर्थ सामन्तलाई मासेर किसानको उद्धार भन्ने हो त्यो एयटा सङ्गठन खोलेका थियौँ । त्यो नितान्त माक्र्सवादमा आवद्ध सङ्गठन थियो जसमा हामी ६ जना साथीहरू थियाैं । त्यसपछि हामी पूर्व मालेमा आबद्ध भएका हौँ । अहिले यसभन्दा अगाडि पूर्व एमाले हुँदाको अवस्थामा म सुनसरी जिल्ला सचिवालयको सदस्य र निर्वाचन क्षेत्र नम्बर १को इञ्चार्चको रूपमा काम गरेँ । हाल नेकपा जिल्ला कमिटी सदस्य छु ।

– २०६४ सालमा धरानको मेयरको लागि यहाँको चर्चा चलेको थियो, अर्कैको भागमा प¥यो, अहिले उपनिवार्नचनमा तपाँईको फेरि पनि चर्चा चलेको छ । टिकट पाउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
टिकट पाइएन भन्ने सवालमा हामी कम्युनिष्टहरूमा के छ भने, हामीले पदको लागि टिकट माग्नुभन्दा पनि हाम्रो क्षमता र दक्षता हेरेर पार्टीले जिम्मेवारी दिने गर्दछ । म त्यही सिद्धान्तलाई मान्ने मान्छे हो । पार्टीमा योगदान उल्लेख्य नहुन सक्छ तर पार्टीले दिएको जिम्मेबारीमा निरन्तर रूपमा खटेको छु । पार्टीले अलिहेसम्म दिएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरेको छु । रह्यो चर्चाको कुरा यदि पार्टीले यत्तिको क्ष्मता भएकाले मोर्चामा नेतृत्व गर्न सक्छ, अथवा पार्टीले जारी गरेको घोषण पत्र कार्यान्वयन गर्न सक्छ भन्ने ठान्दछ भने त्यसको लागि तयार हुनैपर्छ । म तयार छु ।

– यदि नेकपाले तपाईंलाई टिकट दिएर जितेको खण्डमा धरानमा गर्नुपर्ने काम के होलान् ?
धरान होस् या अन्य ठाउँ मैले के बुभेको छु भने निर्वाचन हुँदा हामीले घोषणपत्रमार्फत् प्रतिबद्धता जाहेर गरेका हुन्छौँ । त्यसमा हाम्रो पार्टीको केन्द्रीय घोषणा छ, प्रदेश को छ र स्थानीय तहका घोषणपत्रहरू छन् । त्यसमा भौतिक निर्माणका सवालमा मेरो हरतरहको पहल हुनेछ । सैदान्तिक कुराहरू भए अन्य दलहरूसँग पार्टीले अघि सारेका कुरा राखेर सहकार्य गर्ने कुरा नै हो । नीतिगत, भौतिक र सामाजिक कुराहरूमा सम्बन्धित विज्ञ, व्यवसायी तथा सरोकारवालासँग सहकार्य गरेर नै अगाडि बढ्ने हो । एउटा उपमहानगरको प्रमुखले एक्लैले आमूल परिर्वतन सम्भव छैन । तर एउटा मेयरले दीर्घकालीन योजना बनाएर विकासका खाका कोरेर टिमसँग समन्वय गरेर कामलाई सहजतापूर्वक सम्पन्न गर्न भने सक्छ । मैले गर्ने भनेको पनि त्यही हो । उपमहानगरमा सिङ्गो टिम छ । मसँग धरान बनाउने भिजन छ । सबैसँग हातेमालो गरेर बृहत्तर मास्टर प्लान बनाएर धरानलाई समृृद्ध शहर बनाउन सकिन्छ । अहिले भएका राम्रा योजनाको निरन्तरता र दीर्घकालीन योजना बनाई प्रदेश र सङ्घसँग सहकार्य मेरो प्रहिलो प्राथमिकता हुनेछ ।

– धरानमा नेकपाको बहुमत छ, तथापि घोषणापत्रमा भएका कुराहरू कार्यान्वयन भएनन् भन्ने जनगुनासो छ नि ?
हामीले गरेका कुराहरू पूरा भएनन् भन्दा पनि कतिपय योजनाहरू दीर्घकालीन हुन्छन् । त्यसको परिणाम तत्काल नआउने हुन्छ । विकास भन्ने कुरा आकस्मिक ज्वारभाटा होइन । क्रमश हुँदै जाने कुरा हो । धरानको खानेपानी योजना अन्तिम चरणमा छ । यो धरानको पहिलो प्राथमिकता हो । हामी अब धरानमा कुनै पनि निर्वाचनमा खानेपानीको मुद्धा उठाउन नपर्ने बनाउँदै छौँ । हामीलाई विश्वास छ, खानेपानीको मुद्धा बनाएर अब भोट माग्न कुनै राजनीतिक दलहरूले पर्दैन । २०७६ भित्रै समस्या समाधान हँुदै छ । बसपार्कको लागि जग्गा पहिचान गरी शिलान्यास भइसकेको छ । नयाँ सडकहरू धमाधम बनिरहेका छन् । पछिल्लो पल्टको बजेटबाट शुरु गरेर पौने २ अरबको बजेट तार्गेट हो । अहिले हाम्रो लक्ष्यसँग मेल भइरहेको अवस्था छ । भौतिक निर्माणका सवालमा साना बाटा तथा ड्रेनहरु निर्माण भएका छन् र निर्माणधीन पनि छन् । महŒवपूण कुरा पेन्डीङ्मा रहेको धरानका महŒवपूर्ण योजनाहरूमा बसपार्कको काम हुँदै छ । खानेपानीको काम अन्तिम अवस्थामा पुगेको छ ।

नयाँ काम हामीले धरानलाई खेलकुद ग्रामको रूपमा विकास गर्ने अवधारणा ल्याएका छौँ । त्यसलाई प्रदेशले पनि सम्बोधन गरेको छ । धरानमा अब आवास सुविधासहितको खेलका हरेक गतिविधि गर्न सकिने संरचना निर्माण हुनेछन् । धरानमा प्रदेशका दुईवटा कार्यालयहरू राख्न सफल भएका छौँ । प्रदेश वन कार्यालय स्थापना भइरहेको छ । पर्यटन कार्यालय धरानमा ल्याउने तयारी छ । यति हुदा हुँदैमा अपेक्षाअनुसार काम नभएको हुन सक्छ । मेयर उपमेयर दुवैको जिम्मेवारी एउटा उपमेयरले निर्वाह गर्नु परिरहेकाले पनि जनताले सोचेजस्ता काम नभएको हुन सक्छ । तर काम भएको छैन भन्न चाहिँ मिल्दैन ।

– २०१७ मा सक्ने भनिएको खानेपानी आयोजना २०१९ सकिन लाग्दा पनि जनताले पर्याप्त पानी पाएका छैनन्, आयोजना असफल भयो भनेर प्रतिपक्ष दलले भनिरहेको छ नि ? खास कुरा के हो ?
भौतिक संरचना एउटा कुरा हो । जति पानी उत्पादन गर्ने भनेको थियो त्यो पानी आयो कि आएन भन्ने सवाल महŒवपूर्ण हो । र आएको पानी उपभोक्ताको घर–घरमा गयो कि गएन ? अर्को नीतिगत कुरा हो । हिजो नेपाल सरकारको खानेपानी संस्थान भिन्दै थियो । त्यसको चलअचल सम्पत्ती हाम्रो धरान उपमहानगरपालिकाको खानेपानी बोर्डमा संस्थानमा ल्याउनु पर्ने कुरा हो । प्रविधिक र कानूनी कुराले केही समय ढिला भएको हो । तथापि खानेपानी आयोजना सफलता उन्मुख छ । केही समय भित्रमा हस्तान्तरणको काम हुनेछ । नेपाल सरकारको क्याबिनेटले निर्णय गरेको छ, अदालतले निर्णय गरेको छ । हस्तान्तरणपछि सबै सहज हुनेछ । आयोजना असफल भयो भनेर जनतालाई भ्रम छर्नेहरूको कुरा मात्र हो । आयोजनाले जति पानी उत्पादन गर्ने भनेको थियो त्यो गरेको छ । संस्थानसँग सहकार्य नहुँदा वितरणमा कठिनाइ मात्र भएको हो । केही दिनमै सहज हुनेछ । केही पार्टीका साथीहरूबाट कुनै एजेण्डा नभए पनि खानेपानीको विषयलाई लिएर भ्रम फैलाउने काम भएको छ । आयोजनाले प्रतिबद्धता गरेको पानी उत्पादन गरेर धराने जनतालाई खुवाउनुपर्छ । नेकपा त्यसका लागि निरन्तर निगरानीमा पनि छ ।

– तारा सुब्बाको निधनपछि कार्यपालिकामा बहुमत भएको नेकपाको योजना अनुरूप काम नहुनाले पार्टी र स्थानीय तहको काम गराइको तालमेल मिलेन भनिन्छ नि ?
त्यस्तो त मलाई लाग्दैन । मेयर सुब्बाको निधनले केही असहजता अवश्य भएको होला । त्यो मान्न सकिन्छ । अर्को कुरा हामी पार्टी एकीकरणले पनि स्थानीय तहमा ध्यान पु¥याउन सकेनौँ । तालमेल मिलेन भन्ने कुरा गलत हो । नीतिगत रूपमा मोर्चालाई हेर्ने हाम्रो संयन्त्र छ, त्यसपछि संसदीय दल छ । मोर्चाले राख्ने हरेक कुरा संयन्त्रमा राख्ने गर्छौ र त्यपछि संसदीय दलमा राखिन्छ । संसदीय दलको निर्णय भइसकेपछि मात्र त्यो कुरा नगरपालिकाको बोर्डमा जाने हो । त्यसरी नै काम भइरहेको छ । पार्टीका नगर अध्यक्ष तारा सुब्बा र सह सचिव धनप्रसाद राईको निधनले पद पनि खाली रह्यो, पार्टीले जिम्मेवार व्यतmी पनि गुमायो । यी कुराले पनि समस्या भएको होला तर नितान्त समन्वयमा केही कमजोरी भए जस्तो लाग्दैन । जनताको अपेक्षा, चाहनाहरू धेरै छन् । पानी पर्दा टेलिभिजन बन्द हुने अवस्थामा रहेको धरानलाई स्मार्ट सिटीको लक्ष्य लिइएका छौँ । यो आफैमा प्रश्न भए पनि हामी गर्न सक्छौँ भनेर दीर्घकालीन योजना लिएर अघि बढेका छौँ ।

– नेकपाले चुनावको तैयारी गरी सकेको हो ?
बल्ल नगर कमिटी पूर्ण भएकाे छ । वाडाहरूकाे  कमिटी बनाउन शुरू भएकाे छ ।  हामी पार्टी सङ्गठनलाई चुस्त दुरुस्त बनाउन चलायमान हुने गरेका छौँ । त्यसैले पनि कम्युनिष्टहरू परिर्वतनका सूत्रधारहरू हाैं भनेर भन्ने गरेका छौँ । सङ्गठन चुस्त दुरुस्त भए स्वाभावैले त्यसको परिणाम चुनावमा प्राप्त गर्नेछौँ । यो चुनावी तयारीभन्दा पनि निरन्तर प्रक्रिया हो । पार्टीको माथिल्लो तहबाट निर्देशन आएपछि मात्र चुनावको तयारी शुरु हुन्छ ।

eden