चितवन / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनकी श्रीमतिले रवि लामिछानेविरुद्ध आज प्रहरीमा किटानी जाहेरी दिएकीछन् । पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी दिएकी प्रहरीले जनाएको छ । पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
गत साउन २० गत्ते चितवनको भरतपुर १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। रविलाई प्रहरीले पक्राउ गरे पछि उनलाइृ रिहाइको माग गदैं चितवनमा भीड लागेको छ ।
भीडलाई निरुत्साइत गर्न चितवनका राजनीतिक दलहरु एक मत हुने भएका छन् । प्रहरीलाई अनुसनधामन गर्न सहज वातावरण तयार गर्न नेकपा तथा काङग्रेसले नागरिकसँग आगहसमेत गरेका छन् ।
रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी, भीडलाई निरुत्साइत गर्न चितवनका दलहरु एक मत
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































