भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले १२ किलो लागूऔषध गाँजासहित ३ जना कारोबारीलाइ पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा तीनै जनाको घरबाट बिहीबार साँझ गाँजा बरामद गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

जिल्लाको शिवसताक्षी नगरपालिका ११ का ४९ बर्षीय दिलबहादुर मगरको घरबाट ८ किलो,४७ बर्षीय नरबहादुर मगरको घरबाट ३ किलो,३२ बर्षीय तारा कुबँरको घरबाट १ किलो गाँजा बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका मगरद्धय दाजुभाई हुन, भने कुँवर छिमेकी हुन् । प्रहरीले तीनै जनालाई अनुसन्धानका लागि ईप्रका झिलझिलेमा राखिएको उनले जानकारी दिए ।