धरान/धरान–१५ पिण्डेश्वरीचोकस्थित एक घरमा जुवा खेलिरहेको समयमा तीन लाख रुपैयाँ नगदसहित १३ जना पक्राउ परेका छन् ।

सङ्ग्रामसिंह लिम्बूले लिएको डेरा कोठामा जुवा खेल्दै गरेको अवस्थामा ३ लाख ४ हजार १ सय ५५ रुपैयाँ रकमसहित ६ बुङ ताससमेत बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरूलाई जुवा मुद्दामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेमा धरान–१५ का मनिकुमार राई, कल्याण राई, विजय तामाङ, सुवास राई, रविन तामाङ, नरेन्द्र गिरी, भोजवीर लिम्बू, सङ्ग्रामसिंह लिम्बू, टङ्क मगर, धनश्याम मगर, जितबहादुर राई रहेका छन् । त्यस्तै धरान–३ का भरतमान राई र भोजपुर पौवादुम्मा १ का श्रीप्रसाद राई रहेका छन् । धरान प्रहरीले शुक्रबार उनीहरूलाई सार्वजनिक गरेको छ ।