श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण २९ गते बुधबार, १४ अगष्ट २०१९ । श्रावण शुक्लपक्षको चतुर्दशी तिथि १४ः४३ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र उत्तराषाढा ५ः५६, उप्रान्त श्रवण । चन्द्रमाराशि मकर, सूर्योदय ५ः३४ र सूर्यास्त ६ः४१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अध्ययन–अध्यापनमा मन जानेछ । कार्य व्यवसायमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काम वा रोजगारको अवसर मिल्ला । बन्धु–बान्धवहरूबाट विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय होला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आँखाको समस्याले सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभ कार्यको चर्चा चल्नेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । नयाँ कामको शुभारम्भ हुनेछ । लाभदायी यात्रा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद होला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । दिन उत्तम देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । विपरीत लिङ्गप्रति आकर्षण बढ्नेछ । आर्थिक कारोबारमा सफलता मिल्ला ।