बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकामा बालिका बलात्कार गर्ने एक अभियुक्तलाई मंगलबार स्थानीय युवाले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
धनकुटाको पात्लेखोला घर भई बुद्धशान्ति २ मा मजदुरी गर्दै आएका सन्तोष गुरुङ्गले ७ महिनादेखि स्थानीय एक १३ बर्षीया बालिकालाई बलात्कार गरेको पीडित परिवारले जनाएका छन् । बलात्कारको प्रतिकार गर्ने क्रममा बालिकाले खुकुरी प्रहार गरी पिडकलाई घाइते बनाएकी छन् ।
बालिकाको आमा बैदेशिक रोजगारमा ओमनमा छिन । बुबा सोही स्थानमा मजदुरको काम गर्छन् । घरमा दिउसो कोही नभएको समयमा गुरुङ्गले धम्की दिंदै बलात्कार गर्ने गरेको पीडितले बताइन् । गुरुङ्गले घटनाको बारेमा कसैलाई सुनाए बाबुलाई मार्ने र बैदेशिक रोजगारमा गएकी आमाको शव पनि बाकसमा ल्याइदिने चेतावनी दिएको ती पीडित बालिकाले बताइन ।
‘उसले मार्छ भनेर कसैलाई केही सुनाइन, बालिकाले भनिन, कतिदिनसम्म रोएर बसेको छु, अति भएपछि भाउजुलाई भनें, त्यसपछि सबैले थाहा पाएका हुन् ।’ पिडक अन्यत्र गएको समयमा बालिकाले नातामा भाउजु पर्नेलाई घटनाको बारेमा भनेपछि स्थानीय युवाले उनलाई नियन्त्रणमा लिएका थिए ।
पिडकले ७ महिनामा १० पटकभन्दा बढी बलात्कार गरेको बालिकाले बताइन् । उनले घरको कोठा, खेत, बारी जहाँ भेटे पनि समाउने गरेको बताइन । पछिल्लो पटक घरको कोठामा बसेको समयमा बालिकालाई लडाएर मुख थुन्दै बलात्कार गर्न शुरु गरेपछि उनले छेउमै राखेको खुकुरीले काटेकी थिइन । बालिकाको खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेका उनले बाहिर भने लडेर घाइते भएको बताउँदै आएको स्थानीय सुजन भण्डारीले जानकारी दिए ।
‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रिन बेल्ट पाएको छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यही भएर आत्मबिश्वास बढेको होला, खुकुरी राखेको थिए, छप्काइदिएँ, बालिकाले भनिन्–‘पटक पटकको यातना सहेर बस्नु भन्दा त मारेर जेल जानु ठिक हुने सोचेर खुकुरी हानेको हुँ ।’ कोठामा लगेर बेडमा लडाउने, गोप्य अंग छुने चलाउने हर्कत पटक पटक दोहो¥याँउदै आएको उनले बताइन् ।
बालिकामाथी यौन हिंसा गर्दै आएका गुरुङ्गले उनका साथी पनि मिलाइदिन दवाब दिने गरेको पाइएको छ । अर्की एकजना साथीलाई कोठामा बोलाएर घर बाहिर जान भनेको जानकारी उनले दिइन् । ‘ठिक त्यो बेला घरमा मान्छे आए र उनीमाथी कुनै घटना हुन पाएन, बालिकाले भनिन्–‘गाउँका सबै साथीहरुको नाम लिदै म सँग जस्तै गर्नका लागि मिलाईदिन भन्थ्यो ।’
पिडक गुरुङ्गले बालिकालाई मुख थुनेर लडाएकोसम्म स्वीकार गरेका छन् । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरेको छ भने घटनाको बिषयमा अनुसंधान शुरु गरेको बताएको छ ।
तेक्वान्दो खेलाडी हुँ, खुकुरी राखेको थिए, छप्काइदिए–पीडित बालिका
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































