धनकुटा/ तेह्रथुम जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. १ खाप्राङबाट लागूऔषध गाँजासहित एक युवक र दुई बालक शुक्रबार पक्राउ परेका छन् ।

लालीगुराँस नगरपालिका वडा नं. १ का २० वर्षीय सुजित भण्डारी र अन्य दुई बालक एक केजी गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ । स्थानीयले भने करिब ५ केजी गाँजा प्रहरीले फेला परेको बताएका छन् ।

पक्राउ परेका दुई बालकको भने नाम सार्वजनिक गरिएको छैन । को.१७ प १०६० नं. को मोटरसाइकलसहित उनीहरू पक्राउ परेको डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।

पक्राउ परेकामध्ये दुई बालकलाई प्रहरीको महिला तथा बालबालिका सेल अन्तर्गत छानबिन गरिने पण्डितले बताए । गाँजाको कारोबारी भण्डारीलाई भने सोमबार म्याद थप गरी मुद्दा चलाइएको पण्डितले बताए ।