धरान/ आज साउन महिनाको अन्तिम सोमबार धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउनेहरुको चहलपहल खासै देखिएन । अन्तिम सोमबारसम्म ३ लाख भक्तजनहरुले जल चढाएको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए ।

‘याे बर्ष मलावासका कारण भक्तजनहरु सोचे जस्तो आएनन । मन्दिरको ढोका २४सैं घण्टा खुल्ला गरिएकाले अघिल्ला बर्षभन्दा भीडभाड भने कम भयो ।’–बनेपालीले भने । पाँच लाख भक्तजन आउने अनुमान गरिए पनि यो बर्ष करिव ३ लाख मात्र आए भक्तजन आएको उनले बताए । पश्चिम नेपाल, भारतको बंगाल, दार्जेलिङ, सिक्किम, विहारबाट ४० प्रतिशत भक्तजनहरु आएको अध्यक्ष बनेपालीले बताए ।

नेपालमा सामुहिक जल चढाउन शुरुवात पिण्डेश्वरबाट
बाबाधाम समितिका संस्थापक अध्यक्ष तथा समाजसेवी कृष्ण श्रेष्ठका अनुसार नेपालमा सामुहिक रुपमा जल चढाउन शुरुवात पिण्डेश्वर बाबाधामबाट शुरु भएको हो । २०३९ सालदेखि रुद्राक्षको जन्मस्थल पिण्डेश्वरमा जल चढाउन शुरु भए पछि नेपालका अन्य स्थानमा पनि शुरु गरिएको श्रेष्ठले बताए ।

२०३९ साल अघि भक्तजनहरु भरतको बैधनाथ जाने गरेका थिए । पछि बैधथानको शिर नै पिण्डेश्वर भएको प्रचार भए पछि भारत तथा अनेपालका सबै भक्तजनहरु यहाँ आउन थालेको श्रेष्ठले बताए । अन्य शिवालयमा पनि जल चढाउने चलन शुरु भएपनि पिण्डेश्वरमा जल चढाउनु धार्मिक हिसाबले ठुलो महत्व रहेको धार्मिक अध्यताहरु बताउछन् ।

पिण्डेश्वरको ऐतिहासिकता
समुन्द्र मन्थनको क्रममा शिवजीले कालकुट बिष पिएको र देवतालाई अमृत वितरण गर्नुअघि छानेको तर र छोक्रालाई पिण्डको आकारमा शिवजी स्थापना गरि देवताहरुले नै पवित्र नदीबाट जल ल्याएर चढाएका थिए । शिवजीको घाटिमा रहेको बिषको प्रभाव कम गर्न पिण्डमा जल चढाउन थालेदेखि नै पिण्डेश्वरमा जल चढाउने प्रचलन शुरु भएको उनको भनाई छ ।

त्रिपुरासुर दैत्यको बध गरेपछि रौद्र रुपधारी शिवजी यही ठाउँमा आउदा रिस शान्त भएको थियो, र उहाँको आँखाबाट हर्षका आँसु झरेको थियो । त्यही आँशु रुद्राक्षकोरुपमा यहाँ उत्पत्ति भएकोले यो क्षेत्रलाई रुद्राक्षरण्य क्षेत्र पनि भनिन्छ । ‘यो महत्व भारतीय भक्तजनहरुलाई पनि बुझाउन सक्यौं भने धेरै धार्मिक पर्यटकहरु धरान भित्राउन सक्ने बाबाधाम प्रचार संयोजक एंव पर्यटनकर्मी बासुबरालले जानकारी दिए । पिण्डेश्वरमा शिवजीलाई जल चढाएपछि सतीदेवीको दाँत खसेको दन्तकाली मन्दिरमा दर्शन गर्दा लाभ हुने भन्दै भक्तजनहरुलाई यहाँका अन्य धार्मिक मठमन्दिरहरुमा पनि जान प्रोत्साहन गरिन्छ ।

सूचना डेक्स
टाडाबाट पिण्डेश्वर आउने भक्तजनहरुलाई धरान वरपर रहेका मठमन्दिर देवालय, पर्यटकीय क्षेत्र भ्रमण गर्न जानकारीसहितको डेक्स खडा गरिएको थियो । दन्तकाली, बुढासुब्वा, पञ्चकन्या, विष्णुपादुका, शिभजट्टा, रामधुनी, बराहक्षेत्र, भेडेटारलगायतका क्षेत्रमा कसरी पुगिन्छ, के पाइृन्छ भन्ने बारे जानकारी गराउन सूचना डेक्स राखिएको हो ।

भक्तजनहरुलाई पानीलगायतका खाने व्यवस्थापन माडवारी सेवा समाज, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, जिफन्टलगायतका विभिन्न संघ संस्थाहरुले निशुल्क सेवा दिइरहेको १३ नंं का वडा अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । मन्दिर सरसफाइलाई तथा भक्तजनहरुको सेवाका लागि १४ नंं का वडा अध्यक्ष कृष्ण भट्टराई, १३ नं. का वडा अध्यक्ष काफ्ले, आइडियल बोडिङ स्कूलका विद्यार्थीलगायतको टोली खटेको छ ।

बोलबम मेलाको गत साउन १ गते प्रदेश सभा सभामुख प्रदिपकुमार भण्डारीले विधिवत पूजा गरेर उद्घाटन गरेका थिए । आज साउनको अन्तिम सोमबार सभामुख भण्डारी, उपसभामुख सरस्वती पोखरेलसहितको टोलीले पूजा गरेका छन् । विधिवत समापन भने साउन ३२ गते हुने बावाधाम व्यवस्थापन समितिका अध्यक्ष बनेपालीले बताए ।


a b d c e f g h