इटहरी । लागुऔषधसहित नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी छेउको पसलबाट पक्राउ परेका मेजर अजित प्रताप सिंह बिरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्धा दायर भएको छ ।
तीन महिना देखिककाे निगरानीमा शनिबार क्षेत्रीय लागुऔषध ब्युरो टोलीले मेजर सिंहलाई पक्राउ गरी आइतबार उनी विरुद्ध लागुऔषध कारोबारमा मुद्धा दायर गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार मेजर सिंह लामो समय देखि इटहरीको पूर्वी पृतना हेटक्वाटर अगाडी ब्राउण्डसुगर विक्रि गदै आएका थिए । उनको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।