इटहरी । लामो समय देखि इटहरीको पूर्वी पृतना हेटक्वाटर अगाडी ब्राउण्डसुगर विक्रि गदै आएको भन्दै सेनाको मेजरलाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीको टोलीले मेजर अजित प्रताप सिंहलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी छेउको पसलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
मेजर सिंहको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । सिंह नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत छन् । प्रहरी स्रोतका अनुसार सिंह लामो समयदेखि ब्राउन सुगर कारोबारमा संलग्न भएको बताइएको छ । लागुऔषध बिक्री भएरहेको सूचनाको आधारमा सेनाको पूर्वी पृतना छेउको पसलमा छापा मार्दा उनी पक्राउ परेका हुन ।