भद्रपुर / भरुवा बन्दुकसहित एकजना सिकारीलाई शुक्रबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारी गाउँपालिका ५ स्थित शान्ति सामुदायिक वनबाट निस्कदै गर्दा नियन्त्रणमा लिइएको हो । सोही पालिका बस्ने ६० वर्षीय ताराहाङ राईलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
जङ्गलमा वन्यजन्तुको सिकार गर्ने गएका राईलाई गस्तीमा हिडेको प्रहरी चौकी जलथलले नियन्त्रणमा लिएको उनले जनाए । राईको साथबाट एक थान भरुवा बन्दुकसँगै एउटा धनुष र तीर समेत बरामद गरिएको उनले जानकारी दिए । राईलाई आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । राईलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइने जनाइएको छ ।