ब्लाष्टखबर । काठमाडौंको स्वयम्भुमा लुटेराको समूहलाई नियन्त्रमा लिन प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको छ ।

लामाे समयदेखी लुटपाटमा संलग्न रहदै आएका र यसअघि रामेछापका जनप्रतिनिधिसँग २ करोड माग्दै धम्की दिने समुहलाई नियन्त्रणमा लिन गाेली प्रहार गरेकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

प्रहरीकाे  गोली लागेर रामेछाप घर भएका मिलन तामाङ घाइते भएका छन् । रामेछापनै घर भएका अमृत तामाङलाई  प्रहरीले नियन्त्रणमा लिएकाे छ । घाइते मिलन  र अमृत  दुवैजना लुटेरा समुहका रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार शुक्रबार बिहानै मात्र १० जना लुटेराहरूलाई नियन्त्रणमा लिईएकाे छ ।