भद्रपुर/ छोराको चिर्पट प्रहारबाट बृद्ध वावुको घटनास्थलमा नै ज्यान गएको छ ।

झापाको कमल गाउँपालिका १ का अन्दाजी ७० बर्षीय सुर्य बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरायसी विवादका कारण शुक्रबार विहान सवा ७ बजे मृतकका छोरा अन्दाजी ३१ बर्षीय प्रकाश थापाले दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै ज्यान गएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।

घटनापछि स्थानीयले प्रहरी चौकी तोपगाछीलाइ खबर गरेका थिए । चोकीबाट गएको प्रहरी टोलीले प्रकाशलाइ नियन्त्रणमा लिएको छ ।