धरान । १२ वर्ष अगाडि जवर्जस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
इप्रका धरानले जिल्ला अदालतले ११ वर्ष कैद सजाय तोकिएका धरान–८ का २९ वर्षीय माइला भनिने पुष्प भुजेललाई नियन्त्रणमा लिएको हो । उनलाई बुधबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ । उनीसहित केही युवाले २०६४ पुष ५ गते १४ वर्षीया सामूहिक बलात्कार गरी फरार रहेका थिए ।