बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले ८ सय ५० मिलिग्राम ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका ३ बस्ने बिक्रम राई, बिर्तामोड नगरपालिका २ बस्ने तुम्बा भनिने निर्मल चौधरी र बिर्तामोड ४ का कल्याण क्षेत्रीलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरीका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार राईको साथबाट १ सय २५ मिलिग्राम, चौधरीबाट ६ सय मिलिग्राम र क्षेत्रीको साथबाट १ सय २५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो । पक्राउ परेका तीनैजनालाई इप्रका अनारमनीमा राखेर अनुसंधान शुरु गरिएको प्रहरीले जनाएको छ ।