विराटनगर /  जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका भित्र अवैध रूपमा घरेलु मदिरा बनाउने उद्योगमा छापा हानेर ठूलो परिणाममा मदिरा बरामद गरेको छ ।
मोरङ प्रहरीका डिएसपी राज कुमार खिउंजुको नेतृत्वमा गएको प्रहरीले टोलीले आज अवैध रूपमा घरेलु मदिरा बनाउने उद्योगबाट ४ हजार ४ सय ६५ लिटर घरेलु मदिरा र मदिरा बनाउने सामाग्री बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र विभिन्न सामाग्रीहरू मंगलबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । प्रहरीले विराटनगर– १२ बखरी टोलीबाट जगदिश कामत, सजन कामत र रामचन्द्र यादवको घरमा छापा हानेर अवैध मदिरा बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । अवैध रूपमा मदिरा बनाएर ठूलो परिणममा घरमा लुकाउने गरेको सूचना आएपछि छापा हानेर बरामद गरेको उनले बताए । प्रहरीले २ सय लिटर क्षमताको २ थान ड्रममा ४ सय लिटर, ६० लिटर क्षमताको प्लाष्टिकको ड्रम ६४ थानमा ३ हजार ८ सय ४० लिटर र १५ लिटर क्षमताको प्लाष्टिकको ड्रम १५ थानमा २ सय २५ लिटर गरि ४ हजार ४ सय ६५ लिटर मदिरा बरामद गरेको छ ।