भद्रपुर / सर्पले डसेर झापामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ स्थित पृथ्वीनगरका ७२ वर्षीय पदमबहादुर प्रधान रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घर मै रहेका प्रधानलाई बिषालु सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाए लगतै परिवारजनले तत्काल उपचारका लागि चाराआलीस्थित सर्पदंश उपचार केन्द्र लगेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए ।
चारआलीमा उपचार सम्भव नभए पछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भइसकेको चिकित्कसले जानकारी गराएको डिएसपी श्रेष्ठले जानकारी दिए ।