धरान । आज २०७६ साउन २० गते सोमबार तद्अनुसार ५ अगस्ट सन् २०१९ । पञ्चमी तिथि, नाग पञ्चमी÷ कल्की जयन्ती । यो दिन नेपाली धार्मिक सांस्कृतिक पहिचान बोकेको लाखेनाच अर्थात् लाखेजात्रा शुरु भएको छ ।

नेवार समुदायले विशेष पर्व वा जात्राका अवसरमा लाखेनाच नाच्ने गर्छन् । सांस्कृतिक पर्वका रुपमा वर्षैपिच्छे मनाइने लाखेनाच यो वर्ष पनि शुरु भएको छ । नेवार समुदायमा नागपञ्चमीका दिनदेखि परम्परागत रूपमा लाखेनाच शुरु हुन्छ र कृष्ण जन्मअष्टमीका दिन अन्त्य हुन्छ ।

lakhe-dharan-1

लाखे नाचका क्रममा भेषभूषा र चालचलन एवम् रोपाइँ जात्रा, घोडे जात्रा, गाईजात्रा र समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने गरिन्छ । जसले सर्वसाधारणलाई मनोरञ्जन दिन्छ ।

लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाहीका प्रतीकका रूपमा विभिन्न काला, सेता र अन्य रङका मुखुण्डो लगाएका ढटुवारे निकालिन्छ ।

lakhe-dharan-2

नाखेनाचको धार्मिकमात्र नभएर सांस्कृतिक महत्व पनि छ । लाखेनाचसँग नेवार समुदायको गहिरो धार्मिक एवम् सांस्कृतिक सम्बन्ध रहँदै आएको छ ।

lakhe-dharan-3भिडियाे हेर्नुहाेस् ।