विराटनगर   नोबेल मेडिकल कलेज विराटनगरमा सामान्य घुडाको अपरेसन गर्न आएको विमारीको मृत्यु भएको घट्ना सेलाउन नपाउदैं बुधबार विहान फेरी एक सुत्केरी महिलाको मृत्यु भएको छ । नर्मल सुत्केरी भएकी महिलाको मृत्यु भएको हो । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको बताइएको छ ।

नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी थिइन । नर्मल रुपमा छोरीको जन्म दिएकी कार्कीको अत्याधिक रक्तश्राव भएपछि मृत्यु भएको चिकित्सकले जनाएका छन् । चिकित्सकले मंगलबार दिउँसो २ बजे पाठेघर नै फाल्न पर्ने अवस्था आएको भन्दै शल्यक्रिया गर्न अपरेसन थिएटरमा लगेका थिए । शल्यक्रिया पछि उनलाई १७ प्रिन्ट ब्लड चढाएइएको थियो । तर, उनलाई बुधबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गरेको छ ।
नर्मल बच्चा जन्माएकी महिलाको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको कारण ज्यान गुमेको मृतकका आफन्तहरुले बताएका छन् ।

नर्मल डेलिभरी भएकी महिलाको रगत धेरै बग्दा पनि चिकित्स गम्भीर नहुदा विमारीको मृत्यु भएको पावर्तीका आफन्त पुस्बिन अधिकारीले बताइन । यता  महिलाको मृत्युमा अस्पतालको लापरबाही नभएको अस्पतालका व्यवस्थापक नारायण दाहालले दावी गरेका छन् ।